अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ

अक्टोपस शङ्खेकिराको वर्ग मोलस्का वर्णमा पर्ने एक प्रकारको जलचर जीव हो। हिँड्नका लागि टाउकोसँगै जोडिएको मांसपेशीयुक्त आठवटा खुट्टा भएकाले यसको नाम अक्टोपस राखिएको हो।

जीव वैज्ञानिकहरूले अहिलेसम्म ३ सय प्रजातिको अक्टोपस पत्ता लगाएका छन् जसमध्ये एउटा प्रजाति मात्र खतरनाक छ, जसले मानिसलाई आक्रमण गर्छ। 

अक्टोपसका यस्ता विशेषता छन् जसले हामीलाई आश्चर्यमा पार्न सक्छ।

अक्टोपसको आयु बढीमा चार वर्ष हुन्छ।

अक्टोपसका ३ वटा मुटु हुन्छ । उसको मुटुले प्रवाह गर्ने रगत निलो–हरियो हुन्छ। अक्टोपसले फलामलाई नभई तामालाई अक्सिजन बोक्ने कोशिकाको रूपमा प्रयोग गर्छन्। 

अक्टोपसको ८ वटा हात हुन्छन् । भने ९ वटा दिमाग रहेको हुन्छ। सबै अक्टोपस मांसाहारी हुन्छन् भने यी जीवहरूले आफूभन्दा ठूला सामुद्रिक जीवको समेत शिकार गर्छन्।

विश्वमा पाइनेमध्ये अहिलेसम्मकै सबैभन्दा ठूलो अक्टोपस उत्तरी प्रशान्त क्षेत्रमा पाइने अक्टोपस हो जसको तौला १५ किलो र खुट्टाको लम्बाई ४ मिटरभन्दा बढी हुन्छ। 

सन् १९७० मा गरिएको एक अनुसन्धानले अक्टोपसको बुद्धि ढाड नभएका जनावरमध्ये सबैभन्दा बढिभएको पत्ता लगाएको थियो। 

केही वैज्ञानिकले त अझ यसको मस्तिष्कको क्षमता मानिसकै तहमा रहेको बताउँदै आएका छन्। वैज्ञानिकहरूका अनुसार अक्टोपसको स्नायुप्रणाली निकै जटिल हुन्छ। ठूलो तथा विकशित मस्तिष्कका कारण अक्टोपसले निकै कठिन कुरा पनि सिक्न र सम्झनमा राख्न सक्छ। 

जीव वैज्ञानिकहरूका अनुसार अक्टोपसलाई रङ्ग र आकार छुट्याउने तालीम दिन सकिन्छ। अक्टोपसको देख्ने, स्वाद थाहा पाउने र वातावरणीय परिवर्तन अनुभव गर्ने शक्ति पनि हुन्छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै