महामन्त्रीका लागि मलाई साथीहरुको व्यापक दवाव छ : ज्ञानेन्द्रबहादुर कार्की

सत्ता रुढ दल नेपाली कांग्रेसको १४ औँ महाधिवेशनका लागि पार्टीको महत्वपूर्ण मानिएको महामन्त्री पदमा नेता एवं सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीको पनि व्यापक चर्चा चलेको छ ।  कार्कीले अझै औपचारिक रुपमा उम्मेदवारी घोषणा गरेका छैनन् । यसै सन्दर्भमा खुलामञ्चले मन्त्री कार्कीसंग छोटो कुराकानी गरेको छ : 

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा गपाई महामन्त्रमिा उठ्दै हुनुहुन्छ भन्ने चर्चा छ नि !

साथीहरुले चर्चा गर्नु भएको छ । मैले पनि साथीहरुसंग सरसल्लाह गर्दै छु । चर्चा असत्य होइन । 

औपचारिक रुपमा तपाईले घोषणा गर्नुहुन्न ? 

मैले भने नि । साथीहरुसंग सरसल्ला हुँदैछ । पार्टीको आन्तरिक चुनाव हो । यसमा  औपचारिक अनौपचारिक भन्ने हुँदैन । 

प्यानलको कुराले अड्किएको  हो कि ? 

यति ठूलो पार्टीमा प्यानल हुनु अस्वभाविक होइन । पार्टी भित्र प्यानल छ ,पनि । प्यानल भनेकै साथीहरु नै हो । हामी सबै साथीहरुको सम्मान हुने गरी निर्णय गर्न खोज्दै छौँ । 

संस्थापन अर्थात देउवा समूहबाट महामन्त्रीमा धेरैको आकाँक्षा देखियो , यसले पार्टी सभापति शेरबहादुर देउवालाई असर गर्दैन ? 

नेपाली कांग्रेसमा महामन्त्री पद निकै महत्वपूर्ण पद हो । यो पदका लागि धेरैको आकाँक्षा हुनु आश्चर्यको विषय होइन । तर पार्टीलाई कुन व्यक्ति कहाँ आवश्यक छ , त्यो भने सबैले सोच्नु पर्छ । मैले पार्टी र सभापतिलाई अफ्ठयारो पर्ने गरी कुनै निर्णय गर्दिन । 

तपाईको महामन्त्रीमा दावी त छ नि ? 

साथीहरुले मेरो मूल्याङ्कन गरेकै कारण महामन्त्रीमा मेरो चर्चा व्यापक भएको हो ।  १३ औँ महाधिवेशनमा पनि महामन्त्रीमा मेरो चर्चा थियो । साथीहरुले महामन्त्रीमा उठ्न दवाव दिइरहनु भएको पनि थियोे । तर मैले पार्टी र नेतृत्वलाई अफ्ठयारो पार्न खोजिन । यसपटक महामन्त्रीमा मेरो दावी नहुने भन्ने छैन् । यसपटक  पनि महामन्त्रीका लागि मलाई साथीहरुको व्यापक दवाव छ । मैले साथीहरुको सम्मान  पनि गर्नु पर्छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै