फरक प्यानलबाट महामन्त्री लडेका गगन र विश्वप्रकाशका लागि एउटै नारा (भिडियाेसहित)

काठमाडौंः नेपाली कांग्रेसको यतिबेला मतदान चलिरहेको छ। नयाँ नेतृत्वको लागि सोमबार मतदान भइरहेको हो।

कांग्रेसको १४औँ महाधिवेशनमा प्रचारका थुप्रै नयाँ शैली देखिए। त्यस्तै एउटा नयाँ शैली थियो गगन थापा र विश्व प्रकाश शर्माको लागि मत माग्नेहरुको जुलुस्। 

पार्टीको अलग अलग समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएका दुबै जनाका लागि ‘नेपाली कांग्रेस के भन्छ, गगन विश्व ले भन्छ’ भन्ने नारा लागेको थियो। 

आफ्नो प्यानलमा रहेकाहरुकालागि संयुक्त नारा लगाइने भए पनि त्यो एउटा त्यस्तो जुलुस हो जहाँ दुई फरकफरक प्यानलबाट पार्टीको पदाधिकारीमा निर्वाचन लडेकाका लागि नारा लागेको थियो। 

गगन थापा शेखर काेइरालाकाे समूहबाट महामन्त्रीमा पदमा उम्मेदवारी दिने व्यक्ति हुन् भने विश्व प्रकाशले आफ्नै प्यानलबाट उक्त पदमा उम्मेदवारी नपाएपछि प्रकाशमानकाे प्यानल लागेर महामन्त्रीमा उम्मेदवारी दिएका छन्। 


हेर्नुहोस् भिडियो


 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै