हाइस्पिड इन्टरनेट प्रयाेगकर्ताका लागि क्लासिक टेकले ल्यायाे १ जिबिपिएस इन्टरनेट सेवा

काठमाडौंः क्लासिक टेकले हाई स्पिड इनटरनेट प्रयोग कर्ताहरुका लागि १ जिबिपिएस इन्टरनेट सेवा सुरुवात गरेको छ। नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाई ६ को साथमा कम्पनीले टेकयाम (tachyam) १ जिबिपिएस इन्टरनेट सेवा सुभारम्भ गरेको जानकारी दिएको छ। 

नेपालमै पहिलो पटक वाईफाई ६ का साथ उक्त प्रविधि भित्र्याउन अन्तिम तयारी भएको कम्पनीले जानकारी दिएको छ। यस वाईफाई ६ मा Smart connectivity, beamforming, MU-MIMO लगाएतका सुविधाहरु रहेको कम्पनीले जनाएको छ। उक्त वाईफाइ ६ को स्पिड ३ जिबिपिएससम्म रहने छ। 

सन् २००९ मा क्लासिक टेकको स्थापना भएको हो। अहिले देशकै ठूलो नेटवर्क सेवा प्रदायक र अग्रणी भन्ने कम्पनीको दाबी छ। कम्पनीले पहिलो चरणमा १ जिबिपिएर ब्याण्डविथमा परीक्षणको अन्तिम तयारी भइरहेको जनाएको छ। 

यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले  इन्टरनेट  प्रयोग गर्न सक्षम हुने कम्पनिके भनाइ छ।  वाइफाइ ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भव हुने र यसले धेरै प्रयोगकर्ता, धेरै इनपुट, धेरै आउटपुट प्रविधी हुनाले वाइफाइ राउटरलाई एकै साथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहने भएकाले कुनै Signal  लागि पर्खनु पर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने कम्पनिले बताएके छ।

वाइफाइ ६ पश्चात क्लासिकटेकले नेपालमा हाल प्रयोग भैरहेका Dual Band का राउटरहरू विस्थापित गराइ नेपालभरTri-Band  राउटरहरू प्रयोगमा ल्याउने कम्पनिके भनाइ छ। ट्राइब्यान्डमा एउटा 2.4 GHz   ब्यान्ड र दुई 5 GHz ब्यान्डहरू गरी तिनवटा अलग अलग Signal  ब्यान्डहरूको कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगरी High Speed  इन्टरनेट प्रयोग गर्न सक्षम रहने छन्। 

यो प्रविधि पश्चात ग्रहकहरूलाइ बिना झन्झट, उच्च गतीको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने कम्पनिले विश्वास लिएको छ।

क्लासिक टेकले सधैं ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरिय सेवा प्रदान गर्ने दिशामा काम गरिरहेको दाबी गरेके छ। 'ग्रहकहरूमाझ  नयाँ प्रविधी भित्राएर गुणस्तरिय सेवा प्रदान गर्न हामी सदैव तत्तपर रहेको जानकारी गराउँदछौं,' कम्पनिद्वारा जारी विज्ञप्तिमा भनिएके छ, '१२ बर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको छ। दुर्गम क्षेत्रदेखि साना साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाइ छिटो तथा छरितो सेवा प्रदान गर्न हामी तत्पर रहेका छौ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै