खुलाटिप्पणी  : किन हारे गच्छेदार !

मुना बोहोरा

विजयकुमार गच्छेदारले २ मतको अन्तरले  हारे । विजयी बनेका धनराज गुरुङलाई पनि दया लाग्ने गरी भएको गच्छेदारको हारले उनी र उनका शुभेच्छुकहरुको मन नपोल्ने कुरै भएन । चुनावी हारजितका लागि १ मत पनि निर्णायक बन्छ  । चुनावमा हारजित ठूलो बिषय नै होइन । तर १ या २ मतको अन्तरले कुनै उम्मेदवार हार्छ भने , यो हारजितको अन्तर्य खोज्नु जरुरी हुन्छ । नेपाली राजनीतिमा हारलाई सजिलै स्वीकार गर्ने तर  झिनो मतले हार्नुको अन्तर्य खोज्ने परिपाटी छैन् । १४औँ महाधिवेशनबाट उपसभापतिमा विजयी बनेका धनराज गुरुङ निकै कमजोर थिए ! तर पनि गच्छेदार उनीसंग पराजित भए ! या गुरुङ गच्छेदार भन्दा भन्दा निकै बलिया थिए ! यसकारण गच्छेदार हारे ! यी दुवै कुरा होइनन् । 

राजनीतिक हिसावले गुरुङ भन्दा गच्छेदार जेठा छन् । तर गुरुङको पनि आफ्नै राजनीतिक धार अनि लगाव छ । २ मतले मात्रै हारजित भएका कारण विजयी बनेका गुरुङ र पराजय भएका गच्छेदारको चर्चा बढी भएको हो । 

नेपाली कांग्रेसभित्र  विजयकुमार गच्छेदारले सधै भनेको या मागेको पद पाएका थिए । उनको राजनीतिक  उचाई दिनप्रतिदिन चुलिदो पनि थियो । आजीवन कांग्रेस यिनै गच्छेदारले २०६४ मा पार्टी परित्याग गरे ।कांग्रेस परित्याग गरेसंगै उनले पत्तै नपाउने गरी कद दिनप्रतिदिन घटिरहेको थियो । 

कांग्रेसमा धम्क्याएर ,घुर्रक्याएर राजनीति गरेका उनले यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा लामो समय वस्न सक्ने अवस्था रहेन । र फोरमलाई टुक्र्याएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक खोले । यही पार्टी बोकेर उनी  ०७४ सालमा कांग्रेस त फर्किए । तर उनको सााख फर्किएन ।

उनले कांग्रेस परित्याग गर्नु पर्ने विशेष  कुनै  कारण थिएन् ।पार्टीमा आफू अनुकुल राजनीति गर्न नपाएको  झोँकमा उनेले रगतपसिना बगाएको पार्टी सजिलै परित्याग गरेका थिए । त्यसो त ०४६ को परिवर्तन पछि कांग्रेसमा सबै भन्दा बढी मन्त्री बन्ने अवसर पनि उनैले पाएका थिए । आफ्नैले जोडेको सम्पत्तिमा त आफू खुसी रजाइँ गर्न पाइँदैन । यो त राजनीतिक पार्टी थियो , तर उनले यसो सोचेनन् । जातीय र क्षेत्रीय राजनीतिमा हाम फाले ।  र मधेश  आन्दोलन तताउन तिर लागे । नेपालमा जातीय र क्षेत्रीय राजनीति पानीको फोका जस्तै हुन भन्ने कुराको हेक्का उनले राख्न सकेनन् । जसका कारण नेपाली राजनीतिमा भिन्न उचाईँ बनाएका गच्छेदार आफ्ना अनुज उपेन्द्र यादवलाई नेता मान्न पुगे । 

कांग्रेसमा धम्क्याएर ,घुर्रक्याएर राजनीति गरेका उनले यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा लामो समय वस्न सक्ने अवस्था रहेन । र फोरमलाई टुक्र्याएर मधेसी जनअधिकार फोरम लोकतान्त्रिक खोले ।

जातीय र क्षेत्रीय राजनीतिले आफूलाई खरानी बनाएको चाल आउञ्जेलमा  गच्छेदारको राजनीतिक जीवनबाट धेरै कुराहरु गुमिसकेका थिए । सायद यही कुराको चाल पाएर उनी बामे सर्दै गरेको फोरम लोकतान्त्रिक  पार्टी बोकेर   ०७४ सालमा कांग्रेस त फर्किए । तर उनको  गुमेको  साख फर्किएन । त्यही गुमेको साखका कारण १४ औँ महाधिवेशनमा उपसभापतिमा २ मतले हारे, गच्छेदार । 

नेपालमा जातीय र क्षेत्रीय राजनीति टिकाउ नहुने मात्रै होइन । यस्तो राजनीति गर्नेलाई जनताले समय आउनासाथ झापड हान्छन्, भन्ने हेक्का जातीय,क्षेत्रीय राजनीति गर्नेहरुले अझै राख्न सकेका छैनन् ।

कांग्रेसमा धम्क्याएर ,घुर्रक्याएर राजनीति गरेका उनले यादव नेतृत्वको मधेसी जनअधिकार फोरममा लामो समय वस्न सक्ने अवस्था रहेन ।

जतिबेला गच्छेदार जातीय,क्षेत्रीय राजनीति गर्दै थिए, ठीक त्यही बेला धनराज गुरुङका अगाडि पनि जातीय राजनीति गर्ने राम्रै अवसर आएको थियो । तर जातभात भन्दा माथि उठेका गुरुङले त्यो क्षणभंगुर अवसरलाई नजरअन्दाज गरिदिए । र त आज कांग्रेस जस्तो देशकै पुरानो पार्टीको गरिमामय उपसभापति बन्न पुगे ।  

गच्छेदारको यो हारलाई जातीय र क्षेत्रीय राजनीति गर्नेहरुले नजिरका रुपमा लिन जरुरी छ । देशको कुनै पनि भूखण्ड र कुनै पनि जात , सम्प्रदाय राजनीतिक र सामाजिक रुपले विभाजित हुन चाहेको देखिदैन् । बेलाबखतमा आफ्नो राजनीतिक दुनो सोझ्याउन गरिने राजनिितको नामको हर्कतका कारण जनतामा अन्योल सिर्जना भए पनि त्यो लामो समय टिकेको छैन् । 
 

प्राप्त प्रतिकृयाहरू

राम थापा लेख्नुहुन्छ (२०७८ पौष ३ शनिबार ०८:४३ am )

मुनाजीले मेरो मनको कुरा लेख्नु भएछ । वास्तवमा गच्छेदार जातीय राजनीतिमा लागेर सिद्धिए । महन्थ ठाकुर पनि यस्तै भए

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै