अपूर्णता नै जीवनको यात्रा हो !

सफलता बोगटी 
संसारमा कुनै कुराहरु पनि पूर्णतामा उपलब्ध छैनन् । सूर्य पनि त्यो भन्दा ठुलो हुन सक्छ । पृथ्वीका महासागरहरु पनि सम्पूर्ण  पृथ्वीलार्ई नै ढाक्ने बन्न सक्छन । विश्वका धनि पनि पूर्ण छैनन् । किन कि उनीहरु  अझ धेरै कमाउन चाहान्छन । त्यसैले जिन्दगीमा पूर्णताको खोजी एउटा यात्रा मात्र हो ।

हामीले पर्णतालाई प्यास बनाएका छौ । सिद्ध पुरुषहरु निरन्तरताको अभ्यासमा मात्र रहेका मान्छेहरु हुन  ।  सिद्धि कहिल्यै प्राप्ती हुदैन । पूर्णता खोजेर हामीले आफुलाई नै टुक्राएका छौ ।

हामी जिन्दगीमा सिद्धी पाउनु भनेको शिखर आरोहण जस्तो मान्छौ । हामी सधैं जिन्दगीको अपूर्णतामा अति नै रमाउछौ । जति अपूर्णता त्यति रमाइलो । जस्तो यूरोप अमेरिका डुलियो ।  जापान डुलेको छैन ।  डुल्न जाने अपूर्णतामा रमाइरहेका छौ । सिद्ध प्राप्त गर्न प्रकृतिले पनि सक्दैन । मोक्ष कसैलाई पनि प्राप्त नै हुदैन । संसार सबै लगातारको अभ्यासमा सिमित छ । तर हाम्रो सोचाइ , लिफ्ट छ , भने किन भरेङ्गबाट चढने भन्ने मात्र हो । 
सबै कुराहरुमा अभ्यासरत बन्नु पर्छ । भन्ने बुद्द परम्पराको मान्यता हो ।

अपूर्ण हुनु वा परिपूर्ण नहुनु नै जिन्दगीको समधुर यात्राका साथीहरु हुन । 

हामी पूर्णता खोज्छौ तर पूर्णता नै छैन । जीवन पनि जन्म देखि मृत्यु सम्म अपूर्ण मात्र छ । तर हामीसंग जति अपूर्णताहरु छन त्यहि नै हाम्रा खुशि, आन्नन्द र सुखका त्रिवेणीहरु हुन । 

सबै मान्छेहरु अपूर्णताबाट ग्रस्त छन । तपाईँको ठेगाना भने कै तपाईँ भित्रको अपूर्णता नै हो । मसंग यो वा त्यो छैन भनेर खिन्न उदास मान्नै पर्दैन । आफनो बाटो आफै नवनाए सम्म मात्र अपूर्णताहरु नराम्रा हुन्छन । हाम्रा सबै पाइलामा पूर्णता छ । जिन्दगीमा पूर्णताको रहस्य कहाँ छ ,भने हरेक पाइलाहरुसंग छ । मैले बोलेका हरेका शब्द पूर्ण छन । 
हामीले पूर्णता चिन्न नसेकाका मात्र हौ । हामी फूलको बस्ना लिनै विर्सन्छौ । कुकुरका बच्चा सबै आनन्द लिन्छन । हामी वरपरका विपरित लिंगीहरु देख रमाउछौ । तर दु:खी मानिसहरु देख्दा मतलब नै गर्दैनौ । सिद्धी जीवनको यात्रा मात्रै हो । हामी खुशी छौ भने अपूर्ण हो ।

सबै मान्छेहरु अपूर्णताबाट ग्रस्त छन । तपाईँको ठेगाना भने कै तपाईँ भित्रको अपूर्णता नै हो ।

अपूर्ण हुनु वा परिपूर्ण नहुनु नै जिन्दगीको समधुर यात्राका साथीहरु हुन । साँझमा चिसो भित्र आउन खोज्छ । आज जाडोलाई हामीलाई  भन्दा बढी जाडो भएको छ । हामी जिन्दगीको सदाचारलाई पूर्ण मान्छौं । आर्फूँसंग रहेको धैर्य र संयम आफैले विर्सन्छौ । पूर्णतामा पुग्न सुफीपना चाहिन्छ । 

सुफी अरब देशका प्राचिन महान दार्शनिक थिए । सुफीपना भनेको अप्रकट हुनु हो । सुफीहरु म यो र त्यो भनेर घोषित हुन्नन, तर सदाचार उत्खनन गरिरहन्छन । आफूले आफैलाई खनिरहनु पर्छ । सुफीहरु कहिल्यै परिणाम खोज्दैन उनिहरु अदुभुत प्रयत्न मात्र गरी रहन्छन । जीवनमा अदभूत प्रयत्नहरु गरिरहनु पर्छ ।

 
जीवनमा निरन्तर प्रयत्न त सबैले गर्छन तर अदभूत प्रयास गदैनन् । हामीमा संयम र धैर्य भए पनि निरन्तरता छैन । हामी अलिकताले बुद्ध हुन चुकेका छौं । हामी सबै एउटै बाटोमा हुन्छौ तर निरन्तरताको कोशिसमा चुक्छौ । 

 

सुफीहरु कहिल्यै परिणाम खोज्दैन उनिहरु अदुभुत प्रयत्न मात्र गरी रहन्छन । जीवनमा अदभूत प्रयत्नहरु गरिरहनु पर्छ । 


Quarts भनेको ब्रहाण्डको सारै सानो अंश हो यो पदार्थहरुको इलेक्ट्रोन प्रोटन र न्यूटन भन्दा पनि सानो हुन्छ । प्रकाशको सबै भन्दा सानो अंशलाई फोटन भनिन्छ । Quartsनिरन्तर प्रयास गरेकाले ब्रहाण्ड गतिशील बनेको छ  । पूर्वी अफ्रिकी देशहरुमा बोलिने सहेली भाषामा भनिन्छ  परिणम जेसुकै होस प्रयत्न चाहि अद्भुत हुनुपर्छ । त्यसैले हामी जिवनमा अद्भुत कोशिस गरौ । कोशिस बचनमा होइन  व्याबहारमा प्रकट होस । हाम्रो जिवनको भेदहरु खोजौ । 


एकान्तमा बस्नेहरुलाई भेट्नु  पर्छ , उनिहरुबाट जीवनका केहि भेदहरु फेला पर्न सक्छन । हो सन्तहरुको मैलो लुगा र मैलो शरिर देखिन्छ तर उनीहरुको सोच व्याहार र जिउने विधि हेरेमा उनिहरु कोशिसमा थाक्दैनन् । बरु प्रयत्न नै हार खान्छ । कोसिश मात्रै गर्ने हो फल त कोशिसले नै निकाल्छ । निरन्तरको कोशिस नै किटानी सफलता हो ।

 जीवनका खुशीहरु लुकाएर राख्नु हुदैन ।  सुख र खुशीहरु सबैलाई बाड्नु पर्छ ।


भारतमा एपिजै अब्दुल कलामलाई भारत सरकारले रकेट बनाउने कामका जिम्मा दियो । त्यतिखेर सम्म भारतमा रकेट प्रविधिको छेस्को काम पनि भएको थिएन । सुरुमा एपिजे अब्दुल कलामले रकेट सम्बन्धि गरेका सबै परिक्षणहरु असफल भए । तर पनि उनी निरन्तर यसै काममा लागि रहे । आज भारत विश्वमा रकेट प्रविधिको क्षेत्रमा चौथो स्थानमा छ । उनले सुरुमा रकेट बनाउन बाँसका भाटाहरु बयल गाडामा राखेर बोकेका थिए । अथवा जे हुन्छ र गरिन्छ । त्यो हाम्रै  प्रयत्न र  हाम्रै कोशिसले मात्र हुन्छ । उनले भारतको राष्ट्रपतिबाट अवकाश पाए पछि पनि  दुर दराजका विद्यालयहरुमा जान्थे, ससाना नानीहरुलाइ पढाउदथे । नयाँनयाँ कुराहरु सिक्न प्रेरित गर्थे । 

जसले  जीवनमा स्वातन्त्रता ल्याएको छ ,ती त विर्कोहरु हुन । प्रसन्नता निकाल्ने तत्व वाड्नु पर्छ । जीवनका खुशीहरु लुकाएर राख्नु हुदैन ।  सुख र खुशीहरु सबैलाई बाड्नु पर्छ । मेरो खुशिसंग अरुलाइ के मतलव भनेर घमण्ड गर्नु हुदैन  । बाडे पछि मात्र खुशीहरु  फक्रन्छन र बास्ना दिन थाल्छन । आफुसंग मिल्ने साथी वा कसैसंग प्रसन्नता र खुशीहरु बाड्दा ति प्रसन्नता र खुशीहरु दशौ गुणले बृद्धि हुन्छन ।   अरुलाई खुशी पार्दा मात्र तपाइको प्रसनता धेरै गुणा बढ्छ । 
एक पटक एउटा प्रेमिले प्रेमिकालाई पहिलो पटक कफि खान लैजान्छ । कफि पसलमा मान्छेको भीड छ । अरु वरपर बसेका सबै जना ती प्रेमी प्रेमिकालाई   हेरिरहेका छन । 

कफि खादै गर्दा वेटरले सोध्छे अरु केही ल्याउ कि ? केटाले भन्छ एक चम्चा नुन ल्याईदिनु न । वरपरका सबै मान्छे नुनसंग कफि भनेर दुबैजनालाई हेर्छन । अब बाटोमा प्रेमिकाले सोध्छे तिमी किन नुनसंग कफि खान्छौ रु केटा भन्छ यसले मलाई बाल्यकालको समुन्द्र किनारको याद आउँछ । अथवा नुन कफिले मलाई सिधै बाल्यकालमा लैजान्छ । 
यी २ जनाको नियमित भेट विवाहमा परिणत हुन्छ ।

श्रीमती कफि बनाउँदा जहिल्यै नुन हालेर कफि बनाउँछिन्  । विहे गरेको ४० वर्ष वित्यो ।  श्रीमान मर्छ । मर्नु अगाडी उसले एउटा चिठी लेखेको हुन्छ । चिठीमा के लेखिएको थियो भने, प्रिय मलाई माफ गर । मैले तिमीसंग जिन्दगी भरी झुटो बोले र आफैलाई दण्डित पनि गरे । वास्तवमा त्यो दिन होटलमा मैले खासमा एक चिम्टी चिनी मागेको थिए, तर जिव्रो चिप्लिएर एक चिम्टी नुन भन्न पुगेछु । मलाई चिनी देऊ भनेर सच्चाउने तिम्रो अगाडी आँटै आएन । 
यो केटा साचो बोल्छ भन्ने पार्न मैले तिमीसंग बस्दा सधै नुन कफि खाए । वास्तवमा मलाई नुन कफि सबै भन्दा मन नपर्ने बस्तु थियो । तिम्रो अगाडी सज्जन देखिन मैले मेरो जीवनभरी आफैले बोलेको असत्य कुराको दास बनिरहें । आज म असाध्यै डराएको छु । मसंग मृत्यु गफ गर्न आइसक्यो  । फेरी पनि मलाई नुन कफि कहिले मन पर्दैन । जिन्दगी भरी नमिठो नुन कफि खाए । 

अर्को जुनी फेरी तिमीसंगै बिताउन पाए हुन्थ्यो । किन बरु नुन कफि खान नपरोस । जव यो चिठीको कुरा श्रीमतीले आफ्ना छोराछारीे नाती नातिनालाई सुनाइनन् , त्यसो भए आज हामी पनि नुन कफि खाने भनेर बच्चाहरु खुशी हुन थाले  । छोरा छोरी र नाति नातिनाको नुनको कफि खाने रमाइलोपना देखेर ती आमाले जिन्दगी भरी श्रीमानले मन नपरी नपरी आफ्नोलागि नुन कफि खाएको कुरा विर्सन्थिन । नुन कफि चाख्न रमाएका बच्चाहरुसंग उनको खुशी दोब्बर हुन्थ्यो । नुन कफि आफैमा मीठो थिएन । तर नुन कफिको कथाको स्वाद आफैमा कति हो कति मीठो थियो । हामी पनि कसैलाई खुशी पार्ने तरिका नजान्दा जिन्दगी भरी नुन कफिको फेला पर्छौ ।

प्राप्त प्रतिकृयाहरू

राम थापा लेख्नुहुन्छ (२०७८ पौष ३ शनिबार ०८:४५ am )

अपूर्ण हुनु वा परिपूर्ण नहुनु नै जिन्दगीको समधुर यात्राका साथीहरु हुन । ...आध्यामिक ज्ञान दिनु भयो लेखक सफलताजीलाई बधाई धन्यवाद छ ।

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै