काठमाडौंः हीराकाजी थापाको  ‘के छ खबर’ गीतको भिडियो सार्वजनिक भएको छ ।

हीराकाजी थापाको शब्द र नागेन्द्र श्रेष्ठको संगीत रहेको गीतमा पहिलो नेपाल आइडल बुद्ध लामा र गायिका सुनिता कार्कीको स्वर रहेको छ।

गीतको म्युजिक भिडियो गीतकार थापा आफैंले निर्देशन गरेका छन् । जसमा मोडल उषा उप्रेती र सागर खनालको अभिनय देख्न सकिन्छ ।

राहुल प्रधानको संगीत संयोजन र प्रमोद भण्डारीको  कोरियोग्राफी रहेको गीतको भिडियोको सागर प्रधानले छायाङ्कन र अनिल राना मगरको सम्पादन छ । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै