६ वर्षकी बालिकाले किनिन् ८ करोडको घर

काठमाडौंः सुन्दर घर बनाउने हरेक मानिसको चाहाना हुन्छ । तर चाहाना पूरा गर्न मानिसलाई धेरै ग्राहो हुन्छ । कतिपय मानिसले घर बनाउनका लागि आफ्नो पुरै उमेर खर्चिने गर्छन्।तर एउटा यस्तो समाचार छ जुन पढेपछि तपाईलाई अचम्म लाग्नेछ।

अष्ट्रेलियाको मेलवर्नमा एक ६ वर्षकी बालिकाले करिब ७ लाख डलर पर्ने घर खरिद गरेकी छिन् । 

रुबी म्याकलेन नाम गरेकी बालिकाले आफ्ना भाइ–बहिनी गस र लुसी म्याकलेनसँग मिलेर लगभग ८ करोड नेपाली (करिब ७ लाख डलर) पर्ने घर किनेकी हुन् । 

यससँगै उनीहरु नयाँ एक घरका मालिक बनेका छन् ।

यी तीनका पिता एक प्रोपर्टी इन्भेस्टमेन्ट एक्सपर्ट हुन् र उनैले आफ्ना सन्तानलाई यसो गर्न प्रेरणा दिएका हुन् 

आर्थिक रुपमा यी तिनैजनाले जनही २ हजार डलर सहयोग गरेका छन् । यो रकम उनीहरुले आफ्नो पकेट मनीबाट जोगाएका हुन्,’ पिता क्याम म्याकलेननले भने ।

यो घर र जग्गा मेलबर्नको दक्षिण पूर्वस्थित क्लाइडेमा छ । हाल यसको मूल्य ६७१,००० डलर परेको छ । म्याकलेननले यो मूल्य १० वर्षमा दोब्बर हुने अनुमान गरेका छन् ।

‘यहाँ वरिपरिको जग्गाको मूल्य ७० हजार डलरमा बिक्रि हुन थालिसकेको छ, त्यसैले उनीहरुले राम्रै मूल्यमा जग्गा पाएको भन्नुपर्छ,’ उनले थपे ।

यी तिनैजनाले यो सम्पत्ति सन् २०३२ मा बेच्ने र त्यसपछि मात्रै आफ्नो नाफा बाँड्ने योजना बनाएका छन् ।

उनीहरुले घरायसी काम गरेबापत् पनि पैसा कमाएका थिए । आफ्ना पिताको सर्वाधिक बिक्रि भएको पुस्तक प्याक गरेबापत् पनि उनीहरुले पैसा कमाएका थिए ।

‘यो किताब मेरा सन्तानका लागि हो, उनीहरु अलि बुझ्ने भएपछि यसबारे थाहा पाउनेछन् । सम्पत्तिको पोर्टफोलियो बनाउनका लागि के कस्ता कदम चालिनुपर्छ भन्नेबारे मैले त्यसमा बताएको छु,’ म्याकलेननले भने ।

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै