काठमाडौंः बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ।

जन्मदिन र क्रिसमस मनाउन  मुम्बईस्थित आफ्नो पनवेलमा रहेको फार्महाउस गएका थिए । सोमबार ५६ औं जन्मदिन मनाउने क्रममा उनी फार्महाउस पुगेका थिए। सोही क्रममा उनलाई सर्पले डसेको थियो । 

उनलाई सर्पले डसेपछि तत्कालै अस्पताल भर्ना गरिएको थियो। ६ घण्टा अस्पतालमा उपचार गराएपछि उनी डिस्चार्ज भएका थियो । 

सनमान स्वयंले नै आफूलाई सर्पले टोकेको कुरा मिडियालाई बताएका छन् । उनले सर्पले आफूलाई ३ पटक टोकेको समेत मिडियालाई बताएका छन् ।

‘एउटा सर्प फार्म हाउसको भित्र आएको थियो । मैले लठ्ठीको सहयोगमा त्यसलाई बाहिर फ्याक्ने कोसिस गरेँ । तर यसो गर्दागर्दै सर्प मेरो हातमा चढ्यो । मैले त्यसलाई समातेर हटाउन चाहेँ, तर त्यति नै बेला त्यसले मलाई तीनपटक टोक्यो । त्यो एक विषालु सर्प थियो । सर्पले टोकेपछि म करिब ६ घण्टा अस्पतालमा रहेँ । यद्यपि, अहिले म ठिक छु,’ सलमानले बताए ।

अस्पतालको राम्रो सुविधा र सबै किसिमका एन्टि भेनमले आफूलाई उपचारमा सहज भएको उनले बताएका छन् । साथै सलमानले आफूले सबै प्रकारका एन्टि भेनम (क्रेट, वाइपर, कोबरा) खोप लिइसकेको बताएका छन् । 

सलमानलाई डस्ने सर्पलाई पछि समातेर जंगलमा छाडिएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै