काठमाडौँ : सहिद स्मारक‘‘ए’ डिभिजन लिग फुटबलमा जावलाखेल युथ क्लबले दोस्रो जित निकालेको छ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथरंगशालामा आज भएको खेलमा सातदोबाटो युथ क्लबलाई २–० गोलले हराउँदै जावलाखेल विजयी भएको हो ।
गोलरहित बराबरीमा सकिएको पहिलो हाफको खेलमा जावलाखेल युथ क्लबले उत्कृष्ट खेल देखाउँदै स्पष्ट अंक जोड्न सफल भएको हो ।
जावलाखेलका विपीन कँडेल र निकोलस फर्नान्डेसले एक–एक गोल गरेका थिए ।
खेलको ५०औं मिनेटमा विपिनले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि ७०औं मिनेटमा निकोलसले गरेको गोलसँगै जावलाखेल २–० गोलले विजयी भयो ।
यो जितसँगै जावलाखेल ६ खेलबाट ७ अंकका साथ नवौँ स्थानमा उक्लिएको छ भने ८ अंक जोडेको सातदोबाटो पाँचौँ स्थानमा रहेको छ ।
प्रतिक्रिया थप्नुहोस्