चीनद्वारा अपराधि पहिचान गर्नसक्ने मेसिनको विकास

काठमाडौँ : चीनले अपराधि पहिचान गरी अभियोग लगाएर सजाय दिन सक्ने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) जडित मेसिनको निर्माण गरेको छ । 

सांघाइको पुडोङ पिपुल्स प्रोटेक्टरेटका अनुसन्धानकर्ताले विकास र परीक्षण गरेको यो मेसिनले कुनै त्रुटिबिना अभियोग लगाई अपराधीलाई दण्डित गर्न सक्ने जनाइएको छ । 

उक्त मेसिनले राष्ट्रविरोधी मानिसको पहिचान गर्न सक्ने र बयान सुनेपछि अपराधीलाई कानुन अनुसार सजाय तोक्न सक्ने दावी गरिएको छ ।

मौखिक बयान दिएपछि अभियोग लगाउन र सजाय सुनाउन सक्ने एआई मेसिनको सफलता दर ९७ प्रतिशतभन्दा बढी रहेको पनि बताइएको छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार सन् २०१५ देखि २०२० सम्मका १७ हजारभन्दा बढी मुद्दाबाट संकलित सूचनाका आधारमा एआई मेसिनलाई तालिम दिइएको थियो । 

मेसिनले क्रेडिट कार्डको अनधिकृत प्रयोग, चोरी, कुटपिटजस्ता सामान्य अपराधमा मानिसलाई सजाय तोक्न सक्ने समाचारमा उल्लेख छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै