आनन्दराम पौडेल|[email protected]

कुमारजी आज्ञा गर्नुहुन्छ, हे अगस्त्य मुनि ! आज म प्रचण्डको ढोंग, पाखण्डको बर्णन गर्दछुस ध्यानदिएर सुन्नुहोस्:

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले फेरि एकपटक सुध्रिन्छु ,भनेर बाचा गरे। आठौं महाधिवेशनमा पेश भएको राजनीतिक प्रतिवेदनमा गल्तिकमजोरी सुधार्ने बाचा गरेका हुन्। समस्या के छभने एउटापनि गल्तिकमजोरी उल्लेख गरेका छैनन्। ठोस रुपमा कुनै गल्तिकमजोरी नऔंल्याई त्यसला्रई  अमूर्त नै राखेका छन्। भएभरका सबैलाई गर्यामगुरुम् एकैठाउँमा हालेर होलसेलमा राख्ने उहाँको पुरानै शैलि हो। ठोसमा कुनै उल्लेख नगरी अमूर्त र हचुवामा राख्दा त्यो बिषय नै होकि-होकि जस्तोपनि र होइन पनि हुनपुग्दछस जुन चलाकीको उहाँलाई सर्वाधिक ज्ञान छ।

‘अबचाहीं सुध्रिन्छु’, यो उहाँको थेगो नै भैसकेको छ। सोह्र वर्षअघि २०६२ माघ २५ गते बाबुराम भट्टराईसँगै रहेर प्रचण्डले कान्तिपुरका तत्कालीन प्रधानसम्पादक नारायण वाग्ले र काठमाडौं पोष्टका तत्कालीन प्रधानसम्पादक प्रतीक प्रधानलाई अन्तर्वार्ता दिएका थिए। त्यो अन्तर्वार्ता निकै चर्चित रहेको थियो। बाबुराम भट्टराईसँगै भएर दिएको उक्त अन्तर्वार्तामा उनले उद्घोष गरेका थिए, “काठमाडौं (सत्ता मा पुग्नेबित्तिकै हामी नेतृत्व छोडिदिन्छौं,  राष्ट्रपति,  प्रधानमन्त्री हुनेतिर हामी लाग्दैनौं । हामीले यो केन्द्रीय समितिमै प्रस्तावित गरेका छौं।”

उक्त अन्तर्वार्तामा प्रचण्डले संसदीय पार्टीका नेताहरूमा जीवनको अन्तिम घडीसम्म पार्टी कब्जा गरिराख्ने अतृप्त महत्वाकांक्षाको कटु आलोचना गरेका थिए। अन्तर्वार्तामा उनले भनेका थिए,  “स्टालिन अन्तिमसम्म पार्टी प्रमुख र सरकार प्रमुख भए।  माओ पनि ३५ वर्षदेखि पार्टी नेतृत्वमा रहे, ८३ वर्षको उमेरमा नमर्दासम्म सरकारप्रमुख रहे । बाँच्दासम्म स्थापित नेतृत्वले सबै शक्ति हत्याए, मर्ने बित्तिकै गर्ल्यामगुर्लुम्म ढल्यो, बिग्य्रो । मरेको भोलिदेखि नेतृत्वको अन्योल बढ्यो । यो ठूलो वैचारिक र लोकतान्त्रिक विषय हो । हामी आन्दोलनको नेताको रूपमा स्थापित टिम सत्ता–शक्तिको अभ्यासमा लाग्दैनौं । हामी स्टेट्सम्यानशिपमा जान्छौं र नयाँ कमरेडहरूलाई पठाउँछौं।”

उक्त अन्तर्वार्तामा बाबुरामसँगैरहेर प्रचण्डले “गान्धी हुने र गणेशमान बन्ने” उद्घोष गरेका थिए। साङ्गठनिक नेता होइन, वैचारिक नेतृत्व मात्रै गर्ने भनेर बारम्बार दोहोर्याएका थिए।

जस्ले २०६० जेठमा सम्पन्न भएको माओवादीको केन्द्रीय समितिबाट पारित प्रस्ताव ‘इतिहासका पाठ र एक्काइशौं शताब्दिमा जनवादको विकास’ को एक अंश पनि लागू गरेन, तिनैले गरेका यति उच्चकोटीका, आदर्शका उद्घोषलाइ पत्याउने नेपाली जनता बेवकुफ मात्र हैन महामूर्ख नै हुन्।

फटाईंको पराकाष्ठा कतिसम्म देखियोभने जनतासमक्ष “लोकतन्त्रको उत्कृष्ट नमूना बनेर देखाउँछौं” भन्दै(भन्दै आएका तिनै प्रचण्ड सत्ताको छेउमा पुग्नासाथ राजनीतिक अपराधीकरणलाई मलजल गरिरहेका देखिए। पींधमा रहेका उत्पीडित वर्ग र समुदायमाथि संरचनागत दमन र निर्मम अत्याचार भैरहँदा मौनसाक्षी पो बस्न पुगे १ अपराधलाई राजनीतिकरण र राजनीतिलाइ अपराधिकरण पनि सबै लोकतन्त्रकै आवरणमा गरे र गरिरहेकै छन्। केही महिनाअघि काभ्रेमा भएको भेलामा प्रचण्डले वाईसीएलका सदस्यहरूलाई आउँदो चुनावमा आक्रामक हुन र लडभिड गर्न निर्देशन दिँदै केही परे ‘रक्षा गर्ने’ वचन पनि दिए। यो आदेशले के जनाउँछ ?

सत्ताको छेउमा आएदेखि उनी कस्का मान्छे भएभने चाकडीचाप्लुसीमा माहीरहरू, भ्रष्टहरू, दुई नम्बरी धन्धामा खप्पिसहरू र अपराधीहरूका पो हुनपुगे। दिनरात तिनीहरूकै सङ्गतमा रहँदाबस्दा भूईंमान्छेबाट कोशौं टाढा हुनपुगे। भूईंमान्छेबाट टाढिंदैगएपछि उनीहरूका पीडा र ब्यथा पनि उनको लागो नौलो भयो।

कति सम्म भने उनी शयौंपटक चितवन पुगे तर उनैको हिंसात्मक अभियान (नरसंहार)अन्तर्गत उनैका कार्यकर्ताले सर्वसाधारण जनतालाई एम्बुसमा पारेर ३८ जनालाई बिभत्स हत्या गरेको बिषयमा तिनीहरूका परिवार छेउ पुगिदिन रिमालजीहरूले बारम्बार अनुरोध गर्दा समेत् त्यता एकपाइला बढाएनन्। सबैले बारम्बार दबाव दिईरहेपछि उनीहरूको लागि ४-५ शब्दसम्म फालिदिएका दिए। नत्र तर्कने, छल्ने र भाग्ने मात्र गरिरहे।

प्रचण्ड एण्ड कम्पनीले जनताप्रति बेइमानि र राष्ट्रप्रति गद्दारी गरेको एउटा उदाहरण राखिहालौं। सम्विधानसभाले कार्यसूचि बनाएको थियो। सम्विधानको मस्यौदा तैयार भएपछि जनताको राय-सुझाव लिनेू पनि कार्यसूचिमा थियो। मस्यौदा तैयार भएपछि जनताको अभिमत लिनका लागि सभासदहरूको १३ ओटा टोलि खटाइयो। ४ महिना लगाएर जनताका अभिमत ल्याइयो। राय-सुझाव लिंदा सम्विधान बुझेका नागरिकले मात्र राय-सुझाव दिएका थिए। पाँच लाख ८२ हजार १८१ जना नागरिकले सुझाव दिएका थिए।

सचिवालयमा ईमेल खुला गरिएको थियो र ३४ हजार ईमेल आएका थिए।

अधिकांश सुझाव सबै  हिन्दु राष्ट्रको पक्षमा, प्रदेश संरचनाको विरुद्धमा थिए। प्रतिनिधिसभामा समानुपातिक राख्न हुँदैन भन्ने थियो। निरपेक्ष गरिबीको रेखामुनि रहेका बिपन्नहरूलाई आरक्षण दिने हो, जातको नाममा सम्भ्रान्तलाई दिने होइन भन्ने तथा न्यायपरिषदमा राजनीतिक अनुहार निषेध गर्नुपर्छ भन्ने थियो। र, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री हुनुपर्छ भन्ने माग थियो।

यी सुझाव देखेर प्रचण्ड बाबुराम भट्टराई,  सुवाशचन्द्र नेम्बाङ्ग, कृष्णप्रसाद सिटौलाहरू तर्से र यो सुझावलाइ लुकाउने, दबाउने निर्णय गरे। बिदेशी एजेण्डाहरू लाद्नुपरेकोले यसरी जनभावनालाई कुल्चेको र जनताका आवाजलाइ दबाएको यो बिषयमा के उहाँले कन्फेस गर्नुहोला त ?

अहिले बर्तमानमा भेरहेको स्थितिको चर्चा गरौं। एमसीसी प्रोजेक्ट ल्याउन घुँडाधसेर लाग्ने माओवादी नेताहरू नै थिए। प्रधानमन्त्री हुँदा बाबुराम भट्टराईजीले, अर्थमन्त्री हुँदा कृष्णबहादुर महराजीले, अर्थमन्त्री हुँदा बर्षमान पुनले गरेका प्रयास घामजत्तिकै छर्लङ्ग छ। प्रधानमन्त्री हुँदा प्रचण्डले त फाइनलमै पुर्याएका थिए। अहिले उहाँहरू पानीमाथिको ओभानो बनिराख्नुभएको छ। के उहाँहरूले यस्मा कन्फेस गर्नुहुन्छ ?

जबसम्म उहाँहरूले आफूले राष्ट्रप्रति गरेका गद्दारी र जनतालाई दिएका धोकालाइ लुकाइराख्नुहुन्छ तबसम्म उहाँहरू सुध्रिनुहुन्न।

प्रचण्डका ढोंग, पाखण्ड र आडम्बरका बर्णन गरिसाध्य छैन भन्दै कुमारजी मौन रहँदाभए।

ईति श्रीस्कन्ध पुराणे, हिमवत् खण्डे, नेपाल महात्म्ये, प्रचण्ड ढोंग बर्णनम् शुभम्।

 

 

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै