नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुल्यो

काठमाडौंः नेपाली सेनाले अधिकृत क्याडेट पदमा विज्ञापन खुलाएको छ । नेपाली सेनाले २२९ जना अधिकृत क्याडेटका लागि आज विज्ञापन खुलाएको हो ।
खुलातर्फ १२० जनाको कोटा छ । यसैगरी शारीरिक रुपमा अशक्त भएका र कर्तव्य पालनाको सिलसिलामा मृत्यु भएका नेपाली सैनिकका सन्ततीका लागि ६ जना, महिला २१ जना, आदिवासी जनजाती ३३ जना, मधेसी २९ जना, दलित १५ जना पिछडिएको क्षेत्रबाट ५ जनाको कोटा छ ।


आजदेखि माघ १७ गतेसम्म एक हजार रुपैयाँ दस्तुर बुझाएर दरखास्त दिने म्याद छ । दोब्बर दस्तुर तिरेर माघ १८ गतेसम्म दरखास्त बुझाउन सकिने नेपाली सेनाले जनाएको छ ।

हेर्नुहोस् विज्ञापन

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै