काठमाडौंः हरिणमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

अमेरिकाका केहि राज्यमा मानिसबाट हरिणमा कोरोना भाइरस सरेको प्रमाण भेटिएको पछिल्ला केहि अध्ययनले देखाएका छन् ।

बैज्ञानिकहरुले ओहाइयो राज्यमा सेता पुच्छर भएका हरिणका नाकको स्वाब परीक्षण गरेपछि कम्तिमा ६ पटक मानिसले तिनीहरुलाई कोरोना भाइरस सारेको प्रमाण फेला पारेको गतसाता नेचरमा प्रकाशित अध्ययनको प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अध्ययनका अनुसार नमुना लिइएका मध्ये करिब एक तिहाई हरिणमा सक्रिय वा प्रारम्भिक संक्रमण भएको पाइएको छ । 

आइओवामा सडक दुर्घटनामा मारिएका तथा शिकार गरिएका हरिणका शरीरमा गरिएका अनुसन्धानमा पनि व्यापक रुपमा भाइरस फैलिएको प्रमाण फेला पारिएको छ। 

अमेरिकामा स्वतन्त्र विचरण गर्ने यो प्रजातिको संख्या करिव तीन करोड रहेको छ ।

मानिसबाट हरिणमा पनि कोरोना संक्रमण सरेको तथ्यहरुले महामारीकोलाई अझै जटिल बनाउन सक्ने बताइएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै