ए डिभिजन लिगमा हिमालयन शेर्पाद्वारा सातदोबाटो पराजित

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा पाँचौँ स्थानमा उक्लिएको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबलार्ई १–० गोलले हराउँदै शेर्पा पाँचौँ स्थानका उक्लिएको हो । 

ad

शेर्पालाई जित दिलाउन कप्तान विश्वास श्रेष्ठले एक गोल गरेका थिए । उनले खेलको ४५औँ मिनेटमा पेनाल्टीमार्फत गरेको गोल नै शेर्पाको जितका लागि निर्णायक बनेको थियो । 

यो जितसँगै शेर्पा ७ खेलबाट ११ अंकसहित पाँचौ स्थानमा उक्लिएको छ ।  ८ अंक जोडेको सातदोबाटो आठौँ स्थानमा छ । 

जारी लिगमा सातौं चरणका खेल सकिँदा मच्छिन्द्र क्लब शीर्ष स्थानमा छ । यस्तै,  मनाङ मस्र्याङ्दी दोस्रो, संकटा तेस्रो तथा त्रिभुवन आर्मी चौथो स्थानमा छन् । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै