नेप्से उच्च अंकले बढ्दा, कति भयो कारोबार?

काठमाडौंः साताको तेस्रो कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ । आज नेप्से नेप्से परिसूचक ६३.०१ अंकले बढेर २६७९.९५ अंकमा पुगेको छ । 

नेप्से परिसूचक उच्च अंकले बढेपनि कारोबार रकम भने अघिल्लो दिनको भन्दा कम भयो ।

ad

यस दिन ९१ लाख १० हजार ७ सय ५८ कित्ता सेयर ४ अर्ब ३२ करोड २ लाख ६९ हजार ८ सय २७ रुपैयाँमा कारोबार भयो। यसअघि सोमबार ४ अर्ब ५३ करोड रुपैयाँ माथिको सेयर कारोबार भएको थियो ।

आज श्रीफाइनान्स र सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यसैगरी मध्य भोटेकोशी जलविद्युत आयोजना, नेपाल एसबीआई बैंक, सिन्धु विकास बैंक लगायतका शेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

आज सबैभन्दा बढी नेपाल बंगलादेश बैंक ३ लाख ६७ हजार २ सय ५८ कित्ता सेयर कारोबार भएको छ । यो बैंक नबिल बैंकसँगको मर्जरको तयारीमा समेत रहेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै