काठमाडौंः साताको अन्तिम कारोबार दिन आज सेयर बजार परिसूचक नेप्से ४३.२९ अंकले बढेर २६९२.४७ अंकमा बन्द भएको छ ।
सातको सुरुवाती तीन दिनमै १५४.५ अंकको वृद्धिपछि हिजो बुधबार ३० अंकको गिरावट भएको नेप्सेमा आज पुनःवृद्धि भएको हो ।
आज कारोबारमा आएका १३ उपसूचकमध्ये व्यापार र उत्पादनमुलकबाहेकका सबै उपसूचक बढेका छन् ।
नेप्से बढेपनि कारोबार रकम भने घटेको छ । यसदिन ३ अर्ब ६७ करोड ६८ लाखको कारोबार भएको छ । यसअघि हिजो साढे ४ अर्ब माथिको करोबार भएको थियो ।
कारोबार रकमका आधारमा अपी पावर १६ करोड ३७ लाखसहित पहिलो नम्बरमा छ । यस्तै एनआईसी एसिया बैंकको १४ करोड ५२ लाख र नेसनल माइक्रोफाइनान्सको १० करोडको कारोबार भएको छ ।
नेपाल फाइनान्स, तेह्रथुम पावर र मध्य भोटेकोशी जलविद्युत कम्पनीको सेयर मूल्य सकारात्मक सर्किट लेभलमा बन्द भएको छ ।
प्रतिक्रिया थप्नुहोस्