अहङ्कारबाट कांग्रेस मुक्त होला ?

संजिव कार्की
तिबेला समग्र कांग्रेस नेतृत्वको अवस्था भनेको शेरबहादुर देउवाले शेखरलाई उपेक्षा नगर्ने र शेखरले असहयोग नगर्ने नै हो   ।  चुनावको आन्तरिक प्रतिस्पर्धा भनेको जित्नेले मैमत्त हुने र हार्नेले निराश भएर तुष साँधेर कुनै पनि निर्णयलाई अस्विकार गर्नु होइन  ।  जित्नेको पनि आफ्नो पोजिसन र केही बाध्यताहरू हुन्छन् । चुनाव जित्न गरिएका वाचा र प्रतिबद्दताहरू हुन्छन् जसलाई चुनाव जित्ने बित्तिकै पूरा गर्नु पर्ने नैतिक बन्धन रहन्छन  जस्तो कि देउवाले रामचन्द्र, बिमिलेन्द्र, कृष्ण सिटौला र प्रकाशमान लगायतलाई केन्द्रीय समितिमा लैजानुपर्ने बाध्यता हुन् भने बिभिन्न पदमा हारेकालाई किन बिना मापदण्ड उसै नोमोनेशन गरियो र आफू पक्षलाई उपेक्षा गरियो भन्ने शेखरको प्रश्न ? यद्दपि प्रश्न सोध्ने प्रतिवाद गर्ने जुन शैली र प्रक्रिया संस्थापन इतरले गरेका छन् त्यो शोभनीय देखिएन र भूतकालमा आउने अनिष्टको संकेत र नेपाली कांग्रेसमा मडारिने कालो बादलको रुपमा विश्लेषण गर्न थालिएको छ  विगतमा आफूले पार्टी फुटाउनु परेको दुखद परिस्थितिको विश्लेषण गर्न शेरबहादुर चुक्नु हुँदैन भने संस्कार र संयम गुमाएर आफ्नो पैतृक परम्परा भुल्ने छूट शेखरलाई छैन ।

नोना कोइराला पुत्र हुनुको राजनीतिक संस्कार बोकेका शेखरले पार्टी गतिविधिलाई गुटको गतिविधिमा परिणत गरेर होटल र पार्टी प्यालेसको सहारा लिन पटक्कै सुहाउन्न  आफ्ना असहमति,सुझाव,प्रश्न र प्रस्ताव पार्टीमा गर्न अब गुटको भेला होइन पार्टीको भेला गरेर सम्बन्धित निकायमा नै गर्नु वान्छनीय हुन्छ   । 

 जहिल्यै विराटनगर जाँदा कोइराला निवासमा बसेर राजनीतिक गतिविधि गर्ने गणेशमान सिंह २०५१ सालमा गिरिजाप्रसादसँग मतभेद भएर नेपाल जागरणको अभियान चलाउँदा कोइराला निवासमा नबसेर होटेल बस्ने निर्णय गर्दा गणेशमानलाई आफ्नो निवासमा नै बसेर आफ्नो राजनीतिक अभियान गर्न आग्रह गर्दै फोन गर्ने नोना कोइराला पुत्र हुनुको राजनीतिक संस्कार बोकेका शेखरले पार्टी गतिविधिलाई गुटको गतिविधिमा परिणत गरेर होटल र पार्टी प्यालेसको सहारा लिन पटक्कै सुहाउन्न  आफ्ना असहमति,सुझाव,प्रश्न र प्रस्ताव पार्टीमा गर्न अब गुटको भेला होइन पार्टीको भेला गरेर सम्बन्धित निकायमा नै गर्नु वान्छनीय हुन्छ   । 

विभाजनको रेखा कोरिने गरि कटुता बढ्ने गरि अन्यत्र गुटको भेला आजको कांग्रेस जनको अपेक्षा होइन नत शेरबहादुर देउवाको जिराहापन आजको कांग्रेसको आवश्कता हो? कांग्रेसको अबको कार्यभार आफू बदलिनु र सुध्रिनु पनि हो ।  कांग्रेसमा नयाँपन, नेतृत्वमा ताजगी,सुद्दृढ र एकताबद्द कांग्रेस देख्न चाहने कांग्रेसजन बिखण्डन, बिभाजन र बिनियोजन चाहदैनन् अतस् कांग्रेस संस्थापन र कांग्रेस इतरले यता दृष्टि दिन नसक्दा निम्तिने दुखद दुर्घटना नै हो ।  दुर्घटना जहिल्यै अप्रिय र नमिठो हुन्छ डाक्टर कोइराला र सभापति देउवा ? कांग्रेस महाधिवेशनले दिएको म्याण्डेट र मर्यादा भुल्ने चेष्ठा नगरेर नै कांग्रेस बलियो बनाउने भूमिका देउवा र कोइरालाको काँधमा छ ।  देउवा र कोइरालाका लाइक र डिसलाइक आ-आफ्ना ठाउँमा छन् यो घडीमा चै कांग्रेस "लाइक" बनाउने जिम्मा उहाँहरूको हो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै