काठमाडौँ : दायित्व वाङ्मय प्रतिष्ठान, नेपालका अध्यक्ष रामप्रसाद पन्तका पाँच कृतिहरूको अन्तर्क्रिया सम्पन्न गरिएको छ। 

बुढानीलकण्ठस्थित दायित्व पुस्तकालय भवनमा सम्पन्न उक्त कार्यक्रममा कृतिहरू 'पुर्खाको बाटो' (नियात्रोपन्यास) माथि प्रा.डा.कृष्णप्रसाद दाहालले,'उत्कृष्ट सत्ताइस नक्षत्र '(संस्मरण) माथि प्रा.डा.सावित्री मल्ल कक्षपतिले,'देशाटन'(नियात्रा) माथि प्रा.डा.रामप्रसाद ज्ञवालीले,'आयामिक अनुभूति' (संस्मरण) माथि डा. शैलेन्दुप्रकाश नेपालले र 'जयपुरदेखि पुरीसम्म' (नियात्रा) माथि प्रा.डा.भागवत ढकालले समीक्षात्मक विश्लेषण गरेका थिए ।
  
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार एवं साहित्यक पत्रकार डा.महेश्वर शर्माले अक्षरजीवी पन्तले नेपाली साहित्यलाई ठूलो गुन लगाएकाे बताए । 

प्रतिष्ठानका सल्लाहकार ठाकुर शर्मा भण्डारीको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा डा.लेखप्रसाद निरौला,रामप्रसाद दाहाल,प्रा.डा.नारायणप्रसाद खनाल, अशेष मल्ल, यादव भट्टराईले रामप्रसाद पन्तको साहित्यिक योगदानबारे चर्चा गरेका थिए।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै