नेपाली सेनाले आयोजना गरेको कविता प्रतियोगिता सम्पन्न 

काठमाडौंः ‌नेपाली सेनाले आयोजना गरेको राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । पृथ्वी जयन्तीका अबसरमा गरिएको प्रतियोगितामा उत्कृष्ट दश कविहरु छान्दै सेनाले प्रतोयोगिता सम्पन्न गरेको हो । 

प्रतियोगितामा उत्कृष्ट १० र उत्कृष्ट २० कविहरुलाइ छुट्टाछुट्टै नगद पुरस्कार र सम्मान गरिएको थियो । उत्कृष्ट १० कविलाइ नगद २० हजार र सम्मान पत्रसहित सम्मान गरिएको थियो भने उत्कृष्ट २० कविलाइ नगद ५ हजार र सम्मानपत्र प्रदान गरिएको थियो । 

नेपाली सेनाको मुख्यालय भद्रकालीमा आयोजना गरिएको प्रतियोगिता २–२ दिन लगाएर सप्पन्न भएको हो । पहिलो दिन छनौट मा पर्न सफल उत्कृष्ट ३० कविहरुलाइ कविता वाचन गर्न लगाइएको थियो । कविता वाचन पछि त्यही बाट उत्कृष्ट १० कविको छनौट गरिएको थियो । 

उत्कृष्ट २० कविलाइ सोही दिन पुरस्कार बितरण गरिएको थियो भने उत्कृष्ट १० कविलाइ पृथ्वी जयन्तीका दिन भब्यसमारोहका बीच पुरस्कृत गरिएको हो । 

उत्कृष्ट १० कविहरुमा रन्जना पौडेल,टिका आत्रेय,देबि प्रसाद बराल,ज्योति अधिकारी ,सबिता बराल,नुरज भट्टराई ,प्रकाश अधिकरी भिष्मराज काफ्ले, शुभचन्द्र राइ,र रेजिना आपगाइ रहेका थिए । 

प्रतियोगिताको  निर्णायक समितिका संयोजक नेपाल प्रज्ञाप्रतिष्ठानका काब्य बिभाग प्रमुख प्राध्यापक डाक्टर हेमनाथ पौडेलले २ सय ९० कविताका  बीचमा उत्कृष्ट ३० कविता छान्दै उत्कृष्ट १० कविसम्म पुर्याइएको बताए ।  नेपाली सेनाका उपरथी आनन्द अधिकारीले गत वर्षका ४० वटा कविता र यो वर्षका ३० वटा कविता समबेश गरि  पुस्तकको रुपमा प्रकाशन गरिने जानकारी दिए ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै