ओखलढुंगामा पत्रकार आचारसंहिता जागरण सम्पन्न

ओखलढुंगाः पत्रकार आचारसंहिता जागरण र मिडियाप्रतिको जनगुनासो कार्यक्रम ओखलढुङ्गा जिल्लामा सम्पन्न भएको छ।

प्रेस काउन्सिल नेपालको आयोजना र नेपाल पत्रकार महासङ्घ ओखलढुङ्गाको संयोजनमा भएको उक्त कार्यक्रममा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिता पालनामा गम्भीर बन्नुपर्ने विषयमा जोड दिए।

उनले पत्रकारले पनि गल्ती गर्दा रहेछन् भन्न दिन नहुनेतर्फ सजग हुनुपर्ने बताए। काउन्सिलले पत्रकारलाई दण्ड र जरिवाना मात्रै नगरेर राम्रो गर्नेलाई पुरस्कृत गर्ने गरेको भन्दै काउन्सिलको तर्फबाट पत्रकारको हितको लागि गर्न सकिने सहयोग गर्न तयार रहेको उनले बताए।

अध्यक्ष बस्नेतले पत्रकारले सधै नकारात्मक कोणले मात्र नभएर सकारात्मक कोणले समाचार दिनुपर्ने भन्दै सामाजिक सञ्जाल फेसबुक, युट्युबलगायतको विषयमा कानुन बन्न आवश्यक रहेको र त्यसको लागि सरकारसँग छलफल भैरहेको स्पष्ट पारे। 

काउन्सिलका बोर्ड सदस्य ठाकुरप्रसाद बेलबासेले पत्रकारितासँग राज्यका कुनैपनि क्षेत्र अलग नरहने भन्दै पत्रकारितामा सकारात्मक सञ्चार भए समग्र देशमा सुशासन कायम हुने बताए । 

उनले पत्रकारिता राज्यको चौथो अङ्ग भएकाले वाक स्वतन्त्रताको सीमाभित्र रहेर गरिने पत्रकारिताले मात्र स्वच्छ समाज निमार्ण हुने बताए। 

सदस्य बेलबासेले काउन्सिल पत्रकारिता जगतको अर्धन्यायिक निकाय भएको भन्दै पत्रकार आचारसंहिताको पालनाबाट मात्रै स्वच्छ र निष्पक्ष पत्रकारिता गर्न सकिने बताए। 

पत्रकार महासङ्घ ओखलढुङ्गाका अध्यक्ष लाक्पाग्लाल्जे शेर्पाले समग्रमा ओखलढुङ्गाको पत्रकारिता स्वच्छ र मर्यादित भएकाले आचारसंहिता पालनामै रहेर पत्रकारिता गर्ने गरेको बताए । उनले जिल्लाबाट प्रसारण हुने रेडियो, प्रकाशित हुने पत्रपत्रिका तथा अनलाइनको अवस्थाबारे जानकारी गराए। 

सहभागीहरूले प्रतिशोध साँध्ने र भ्रमपूर्ण  समाचार सामग्री दिने सञ्चार माध्यमलाई काउन्सिलले अनुगमन गरी कारबाही गर्न सुझाएका छन्। समाचारलाई ट्रेण्डिङमा लैजाने बहानामा कतिपय सञ्चार माध्यमहरूले झुटा र तथ्यहीन समाचार प्रकाशनरप्रसारण गर्ने भएकोले त्यस्ता सञ्चार माध्यमलाई हदैसम्मको कारबाही हुनुपर्नेमा जोड दिए। 

यस्तै पत्रकारलाई हेर्ने राज्यको दृष्टिकोण अझै पनि सकारात्मक नभएको, काउन्सिलले आफ्ना पीडा सुन्नुपर्ने लगायतका विषय कार्यक्रममा उठेको थियो।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै