क्लास्सिक टेकको टाक्एन प्याकेज सार्वजनिक

काठमाडौँ : नेटवर्क सेवा प्रदायक कम्पनी क्लास्सिक टेकले सस्तो मूल्यमा उच्च गतिको टाक्एन प्याकेज विस्तार गरेको छ । सो प्याकेजको ब्राण्ड एम्बासेडर विपिन कार्कीले फेसबुक लाइभमार्फत सार्वजनिक गरेका हुन् ।

यसअघि ५ गीगाहर्ज राउटर र मेष वाइफाई ल्याएको क्लास्सि टेकले यसपटक टाक्एन प्याकेज ल्याएको हो ।

टाक्एन प्याकेजमा १५० एमबीपीएस, २२५ एमबीपीएस, ३२५ एमबीपीएस, ६२५एमबीपीएस र १०००एमबीपीएसका विभिन्न प्याकेज समावेश गरिएको छ ।

कम्पनीले मुलुकका ७७ मध्ये ७४ जिल्लाका १०३ आउटलेटबाट सेवा सञ्चालन गरिरहेको छ । सन् २००९ मा सुरु भएको कम्पनीले १२ वर्षको अवधिमा १०३ आउटलेटबाट सेवा सञ्चालन गरिरहेको हो ।
 
न्यून इन्टरनेट गतिको समस्याले सेवाग्राही मारमा परेको कुरालाई मध्यनजर गर्दै टाक्एन प्याकेज ल्याइएको कम्पनीले जनाएको छ । 

कम्पनीले अहिले क्लास्सिक टेक प्रयोग गरिरहेका प्रकयोगकर्ताहरुको प्याकेज ६५० गुणाले निःशुल्क अपग्रेड गरिएको, टाक्एन प्याकेज प्रयोग गर्नेले आइपीटीभी सित्तैमा प्रयोग गर्न सक्ने र टाइम ब्याक सिस्टम रहेको जसमा केही प्राबिधि कारणबस सेवा अवरुद्ध हुन पुगेमा त्यसको क्षतिपूर्तिवापत दिनहरु थप गर्न सकिने जनाएको छ ।
 
इन्टरनेट प्रयोगकर्ताको संख्या बढ्दै जाँदा कम्पनीले कम मूल्यमा उच्च गतिको इन्टरनेटमार्फत देशका सबै शहर तथा गाउँमा सेवा गुणस्तरीय सेवा दिँदै आएको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै