काठमाडौंः साताको अन्तिम कारोबारको दिन आज सेयर बजार परिसूचक नेप्से उच्च अंकले बढेको छ ।
हिजो ३०.५१ अंकले घटेको नेप्से परिसूचक आज ५४.१२ अंकले बढेर २८५७.७५ अंकमा बन्द भएको छ ।
आज नेप्से बढेपनि कारोबार भने बढ्न सकेन । यस दिन विभिन्न २२४ कम्पनीको १ करोड १८ लाख ३४ हजार २१६ कित्ता सेयर ६ अर्ब ६६ करोड ९७ लाख रुपैयाँमा कारोबार भएको छ । यसअघि हिजो ८ अर्ब माथिको सेयर कारोबार भएको थियो।
आज कारोबारमा आएकामध्ये अन्यबाहेकका बाकीँ सबै उपसूचक बढेको छ ।
प्रतिक्रिया थप्नुहोस्