निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

काठमाडौँ : निर्वाचन आयोगको आह्वानमा आज सर्वदलीय बैठक बस्दैछ । विहान ११ बजे आयोगको कार्यालयमा बस्ने बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचन, स्थानीय तहको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुने बताइएको छ । 

बैठकमा संघ र प्रदेशमा प्रतिनिधित्व गर्ने १७ दललाई निमन्त्रणा गरिएको छ । 

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्थानीय तहको निर्वाचनबारे आयोगले सरकारलाई प्रस्ताव गरिसकेको बताउँदै दलहरुले चाहेअनुसार मिति निर्धारण गर्ने जानकारी दिए ।

आयोगका पदाधिकारीले यही पुस ९ गते प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर आगामी बैशाख १४ र २२ गते दुई चरणमा स्थानीय चुनाव गर्न प्रस्ताव गरेका थिए  । तर सरकारले यसबारे कुनै निर्ण  गरेको छैन ।

२०७४ साल वैशाख ३१ गते पहिलो चरणमा स्थानीय तहको चुनाव भएको थियो ।  आगामी २०७९ साल वैशाखमा स्थानीय तहका जनप्रतिनिधिको पाँच वर्षे कार्यकाल सकिने छ । 

यस्तै राष्ट्रियसभा सदस्यमा रिक्त २० मध्ये १९ पदका लागि आगामी माघ १२ गते निर्वाचन हुँदै छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै