ए डिभिजन लिग : एपीएफ र हिमालयन शेर्पा तथा मनाङ र सातदोबाटो भिड्ने 

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट नवौं चरणका खेलहरु हुँदैछन् । जसअन्तर्गत आज एपीएफ र हिमालयन शेर्पा तथा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा एपीएफ र हिमालयन शेर्पाबीच प्रतिस्पर्धा हुनेछ ।

जारी लिगमा ८ खेलबाट एपीएफ ७ अंकका साथ दशौँ स्थानमा छ भने ११ अंक जोडेको हिमालयन छैटौँ स्थानमा छ । 

आजको खेलमा जित निकाल्दै एपीएफ अंक तालिकामा सुधार ल्याउने प्रयासमा हुनेछ भने हिमालयन पाँचौ स्थानमा उक्लन चाहन्छ । 

यस्तै आजै अपराह्न पौन ५ बजे सुरु हुने दोस्रो खेलमा मनाङ मर्स्याङ्दी क्लब र सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

८ खेलबाट १९ अंक जोडेको मनाङ आजको खेल जित्दै शीर्षस्थानमा उक्नले योजनाका साथ मैदानमा उत्रँदा ९ अंकका साथ आठौँ स्थानमा रहेको सात दोबाटो अंक तालिकामा सुधार ल्याउने योजनामा छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै