पहाडी भूभागमा आंशिक बदली, तराइमा हुस्सु र कुहिरो

काठमाडौँ : जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायूको प्रभावका कारण प्रदेश २ तथा बाँकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली भइरहेको जनाएको छ ।

महाशाखाका अनुसार पश्चिम तथा मध्य तराइका केही स्थानमा हुस्सु र कुहिरो लागेको छ । 

आज दिउँसो प्रदेश १ र प्रदेश २ तथा सुदूरपश्चिम प्रदेशमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने छ । 

प्रदेश १ को पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

आज बिहान ६ बजे काठमाडौंको तापक्रम ४.८ डिग्री सेल्सियस रहेको थियो । आज काठमाडौंमा सामान्य बदली हुने महाशाखाले जनाएको छ । 

देशभर चिसो अझै बढ्ने क्रममा रहेकाले चिसोबाट बच्न आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै