उत्तर कोरियामाथि अमेरिकाको थप प्रतिबन्ध घोषणा

काठमाडौँ : अमेरिकाले उत्तर कोरियाली तथा रुसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको छ ।

उत्तर कोरियाको ब्यालेस्टिक कार्यक्रमलाई सहयोग गरेको भन्दै अमेरिकाले पाँचजना उत्तर कोरियालीलाई प्रतिबन्ध लगाएको हो । 

यो कदम उत्तर कोरियाको हतियार विकासलाई प्रतिकार गर्न अमेरिकी कारवाहीको एक अंश भएको उसको भनाई छ । 

उत्तर कोरियाले आम विनाशकारी र ब्यालेस्टिक मिसाइल कार्यक्रम सञ्चालन गर्दै आएको अमेरिकाले जनाएको छ ।

गत साता उत्तर कोरियाले दुईवटा मिसाइल परीक्षण गरेको थियो ।

उत्तर कोरियाको पछिल्लो मिसाइल प्रक्षेपण यो मुलुकको हतियार विकासको अर्को प्रमाण भएको भन्दै अमेरिकाले अन्तर्राष्ट्रिय समुदायको कुटनीति र परमाणु निशस्त्रीकरणका आह्वानका बावजुद उसमाथि प्रतिबन्धात्मक कार्यक्रमलाई निरन्तरता दिइने बताएको छ ।

गत वर्षको सेप्टेम्बरदेखि अहिलेसम्म उत्तर कोरियाले ६ ओटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ । 
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै