बसुन्धाराको तरकारी पसल तरुलले भरियो (तस्बिरहरु)

काठमाडौंः  भोलि शनिबार देशैभर माघे संक्रान्ति पर्व मनाइदैछ। थारु समुदायले ‘माघी’ को रुपमा मनाउने माघेसंक्रान्ति,हिन्दु संस्कारमा मकर संक्रान्तिको रुपमा मनाइन्छ।

ज्योतिष विज्ञानका अनुसार सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने भएकाले मकर संक्रान्ति भन्ने गरिएको सांस्कृतिक मान्यता छ। त्यस्तै यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ प्रवेश गर्छ।

विशेषगरी हिन्दु धर्मावलम्बीले मनाउने माघेसंक्रान्ति तराईका आदिवासी जनजातिहरुले पनि आ–आफ्नो परम्पराअनुसार मनाउने गर्छन् । थारु समुदाय र किराँतहरूले माघेसंक्रान्तिलाई नयाँ वर्षको रूपमा मनाउदै आएका छन् ।

माघेसंक्रान्ति पर्व नेपालभर विभिन्न पवित्र नदी, त्रिवेणी धाममा स्नान गरी मन्दिरमा गएर पूजाआजा गरी घिउ, चाकु, तिलको लड्डु, तरुल, सखरखण्ड लगायत मिठामिठा परिकार तथा कन्दमुल खाइ मनाइन्छ । 

माघे संक्रान्ति नजिकिएसँगै बसुन्धारा तरकारी बजारमा तरुलको व्यापार सुरू भएको छ।संक्रान्ति नजिकिएसँगै व्यापारीहरूले तरकारी बजारमा तरुल बेच्न थालेका हुन्। तरुल किन्नेहरूको चहलपहल बढेकाे छ।

व्यापारीहरूका अनुसार अहिले  तरुल प्रतिकेजी न्यूनतम १०० रुपैयाँदेखि १८० रुपैयाँसम्म बिक्री भएको छ । 

तस्बिरमा हेर्नुस्  तरूल:

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै