काठमाडौंः  महिनाको अन्तिम दिन नेपाली बजारमा सुनचाँदीको मूल्य  बढेको छ ।

छापावाला सुन प्रतितोला २ सय रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।  हिजो छापावाला सुन प्रतितोला ९२ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै,  तेजाबी सुनको मूल्य पनि प्रतितोला २ सय रुपैयाँले नै बढेर ९२ हजार २ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । 

यस्तै  बिबिारको  तुलनामा बुधबार चाँदी ५ रुपैयाँ महँगिएको छ । नेपाली बजारमा आज चाँदीको भाउ १ हजार २६० रुपैयाँ पुगेको महासंघले जनाएको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै