काठमाडाैंः गायक विजय शङ्खरको  ‘ओके छ त’ शीर्षकको साङ्गीतिक सौगात सार्वजनिक भएको छ ।

यस गीतमा उनलाई गायिका सुदिता राईले स्वरमा साथ दिएकी छन् । युवा प्रेम र आकर्षणलाई व्यक्त गरिएको गीत गायक शङ्खर र मुनाल शिशिर कोइरालाले संयुक्तरुपमा लेखेका हुन । दीपकराज विश्वकर्माको सङ्गीत रहेको गीतमा  कुशल सिंहले सङ्गीत संयोजन गरेका छन्। 

 ललितपुरको गोदावरीमा छायाङ्कन गरिएको उक्त गीतमा  स्रव्यदृश्य उत्तम हुमागाईंले,  सम्पादन शिलन लम्सालले,  कोरियोग्राफी सुरेन्द्र बसेलले र अभिनय सुधिर श्रेष्ठ तथा सुनिशा बजगाईले गरेका छन् । 

गायक कोइरालाको निर्देशनमा तयार पारिएको भिडियोलाई ‘ड्याडी एण्ड डटर्स’ नामक च्यानलमार्फत सार्वजनिक गरिएको हो । गायक शङ्खरले केही समय अघि ‘माया बैगुनी’ बोलको म्युजिक भिडियो सार्वजनिक गरेका थिए । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै