वीर र त्रिवि शिक्षण अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना संक्रमण

काठामडौंः वीर अस्पतालका ३० भन्दा बढी कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । 

अस्पतालका  विभिन्न वार्ड तथा आइसियूमा कार्यरत ३० भन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमण भएको पुष्टि भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि पिसिआर परीक्षण गर्दा उनीहरुमा कोरोना पुष्टि भएको अस्पताल स्रोतले जनाएको छ।

यस्तै, महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा पनि बिहीबार मात्रै ६० जनाभन्दा बढी स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ । 

पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमण दर बढेको छ । कोरोना संक्रमित बढेसँगे अस्पताल भर्ना हुनेको संख्या पनि बढेको छ । हाल काठमाडौंका अस्पतालहरुमा संक्रमितहरुको संख्या बढेको हो । वीर अस्पतालमा हाल ५३ जना संक्रमितको उपचार भइरहेको छ ।  

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै