एमाले महासचिव पोखरेललाई कोरोना, सवै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा 

काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कोरोना संक्रमण भएको छ । 

उनले आज सामाजिक सञ्जालमार्फत आफूमा कोरोना संक्रमण पुष्टि भएको जनाएका छन् । 

महासचिव पोखरेलले कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन नसकेको जानकारी गराउदै केही दिन सबै कार्यक्रम स्थगित गरेर आइसोलेसनमा बस्ने बताएका छन् । 

‘कोभिडको तेस्रो लहरबाट आफु अछुतो रहन सकिएन । अबको केही दिन आइसोलेसनमा बस्नुपर्ने भो । निर्धारित सवै कार्यक्रम स्थगित गरियो’, महासचिव पोखरेलले शुक्रबार सामाजिक सञ्जाल फेसबुकमार्फत भनेका छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै