२६ वर्षीय डाक्टरको मोटरसाइकल दुर्घटनामा मृत्यु

नुवाकोटः नुवाकोटमा मोटरसाइकल दुर्घटनामा परी एक चिकित्सकको मृत्यु भएको छ । 

त्रिशुली बजारबाट बट्टार जाँदै गरेको प्र–३–०२–८४४४ नम्बरको मोटरसाइकल गएराति १२ बजेतिर विदुर नगरपालिका–१ स्थित ढुंगेमा दुर्घटना हुँदा नुवाकोट घर भएका २६ वर्षीय डाक्टर शशांक पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सञ्जीवनी पोलिक्लिनकमा कार्यरत डा.पाण्डे गएराती नै दुर्घटनामा परेपनि प्रहरीले आज बिहान मात्रै खबर पाएको थियो । प्रहरीले खबर पाएपछि उनलाई त्रिशुली अस्पतालमा लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । 

पाण्डेको शव पोष्टमार्टमका लागि काठमाडौं ल्याइएको छ । मोटरसाइकल दुर्घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै