काठमाडौंः पछिल्लो २४ घण्टामा नेपालमा थप ५ हजार ८७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा २० हजार ५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा उक्त संख्यामा कोरोना संक्रमण पुष्टि भएको हो । 

यस्तै,पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ३ जनाको मृत्यु भएको छ । यो सँगै कूल मृतकको संख्या ११ हजार ६१३ पुगेको मन्त्रालयले जनाएको छ । 

आज ३०६ जनाले कोरोना संक्रमणमुक्त भएका छन् । हाल नेपालमा १८ हजार २३ सक्रिय संक्रमित छन् ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै