काठमाडौं उपत्यकामा २६०७ जना कोरोना संक्रमित थपिए

 काठमाडौंः काठमाडौं उपत्यकामा थप २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं, भक्तपुर र ललितपुरमा गरी थप २ हजार ६०७ जना कोरोना संक्रमित थपिएका हुन् । 

जसमध्ये काठमाडौंमा १९१३, भक्तपुरमा ३१७ र ललितपुरमा ३७७ जना रहेका छन् । योसँगै काठमाडौं उपत्यकामा सक्रिय सक्रमितको संख्या १० हजार ८११ पुगेको छ ।

पछिल्ल २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा २० हजार ५६० जनाको (पीसीआर र एन्टिजेन) परीक्षण गर्दा ५०८७ जनामा संक्रमण पुष्टि भएको छ ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै