ललितपुर : साझा प्रकाशनले वितरण गर्ने विभिन्न पुरस्कारहरु घोषणाको ९ वर्ष पछि पुरस्कृत स्रष्टाहरुलाई वितरण गरिएको छ । २०६९ सालमा घोषणा गरिएका साझाका विभिन्न पुरस्कारहरु ९ वर्ष पछि (२०७८ पुस ३०) मा वितरण गरिएको हो । 

२०६९ सालमा साझाबाट प्रकाशित भएको कवि ठाकुर बेलवासेको 'त्रासमा ईश्वर' कविता संग्रहलाई त्यस वर्षको सर्वोत्कृष्ट कृतिका रुपमा  नगद ५१ हजार राशि सहितको  'साझा पुरस्कार' दिने घोषणा गरिएको थियो ।

यस्तै २०६९ सालमा साझाबाट प्रकाशित भएको बाल साहित्यकार शारदारमण नेपालको 'हाम्रा कथा' बालकथालाई ०६९ सालको सर्वोत्कृष्ट कृतिका रुपमा  नगद १५  हजार राशि सहितको  'साझा बालसाहित्य पुरस्कार', २०६९ सालमा साझाबाटै प्रकाशित भएको लोकसंस्कृतिविद् डा.भोला झाको 'नवीन नेपाल 'मैथिली निबन्धसंग्रहलाई ०६९ सालको सर्वोत्कृष्ट कृतिका रुपमा  नगद १५  हजार राशि सहितको  'साझा लोकसंस्कृति  पुरस्कार' र २०६९ सालमा साझाबाटै प्रकाशित साहित्यकार डा.कुसुमाकर न्यौपानेको 'दशावतार बालन' लोकनाटक लाई ०६९ सालको सर्वोत्कृष्ट कृतिका रुपमा  नगद १५  हजार राशि सहितको  'साझा लोकसाहित्य पुरस्कार' प्रदान गरिने  घोषणा गरिएको थियो । 

यसैगरी साझा प्रकाशनको साहित्यिक मासिक पत्रिका गरिमामा २०६९ भित्र  प्रकाशित विभिन्न विधाका 'गरिमा सम्मान पुरस्कार 'पनि ९ वर्ष पहिले नै घोषणा गरिएको थियो । जसमा  'ऐना' कविताका लागि बद्री भिखारीलाई 'गरिमा सम्मान पुरस्कार'( पद्य) , 'भुइँचालो' कथाका लागि कथाकार अभय श्रेष्ठलाई 'गरिमा सम्मान पुरस्कार' (गद्य )तर्फका पुरस्कार प्रदान गरिएको छ । 'गरिमा सम्मान पुरस्कार'को राशि १० -१० हजार रहेको छ । 

यस्तै २०७३ सालका साझाका विभिन्न पुरस्कारहरु पनि अहिले वितरण गरिएको छ । जसमा साहित्यकार जय छाङ्छाको कृति 'दोहाको सीधा उडान' लाई त्यस वर्षको सर्वोत्कृष्ट कृतिका रुपमा  नगद ५१ हजार राशि सहितको  साझा पुरस्कार प्रदान गरेको छ । 

यस्तै २०७३ सालमा साझाबाट प्रकाशित भएको बाल साहित्यकार गोपाल पराजुलीको 'पच्चिस प्रतिभा' (भाग- ८ )लाई २०७३ सालको सर्वोत्कृष्ट कृतिका रुपमा  नगद १५  हजार राशि सहितको  'साझा बालसाहित्य पुरस्कार' , २०७३ सालमा साझाबाटै प्रकाशित भएको साहित्यकार प्रा.डा.कुलप्रसाद कोइरालाको कृति 'उखान सिद्धान्त र विश्लेषण' संग्रहलाई २०७३ सालको सर्वोत्कृष्ट कृतिका रुपमा  नगद १५  हजार राशि सहितको  'साझा लोकसाहित्य पुरस्कार' ५ वर्ष पछि (२०७८ पुस ३० )मा वितरण गरिएको छ ।

२०७३  सालमा गरिमा पत्रिकामा प्रकाशित कवि उषा शेरचनको 'पानी जस्तै' म कविताका लागि 'गरिमा सम्मान पुरस्कार' (पद्य) र गरिमा  पत्रिकामै प्रकाशित प्रा. रोन्द्र सुवेदीको 'मास्कमाडौंहरुको महामाडौं' निबन्धलाई  'गरिमा सम्मान पुरस्कार' (गद्य ) प्रदान गरिएको छ । 


यी पुरस्कारहरु साझाको २५ औँ साधारणसभाको अवसरमा भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठ , संस्कृतिविद् सत्यमोहन जोशी र साझाका अध्यक्ष विजय सुब्बाले संयुक्त रुपमा पुरस्कृत स्रष्टाहरुलाई प्रदान गरेका थिए । 

कार्यक्रममा मन्त्री श्रेष्ठले साझा प्रशासनको प्रगतिका लागि  नेपाल सरकार चिन्तित भएको बताइन । यस्तै संस्कृतिविद् जोशीले साझा प्रकाशनको उन्नती हुन नसक्नुमा फितलो व्यवस्थापन भएको बताए ।  कार्यक्रममा अध्यक्ष सुब्बाले साझा जोगाउन सबैलाई आग्रह गरे । महाप्रबन्धक प्रल्हाद पोखरेलले  साझाले नेपाली भाषा, साहित्य र स्रष्टाका हितमा काम गरेको बताए । 

साझा प्रकाशनमा देखिएको चरम आर्थिक अभावका कारण घोषणा गरिएका पुरस्कारहरु वितरण गर्न नसकिएको साझा प्रकाशन व्यवस्थापनले बताउँदै आएको थियो । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै