ए डिभिजन लिग : सातदोबाटो र हिमालय शेर्पा विजयी

काठमाडौँ : सहदि स्मारक ए डिभिजन लिग फुटबलमा मनाङ मस्र्याङ्दी क्लब सातदोबाटो युथ क्लबसँग स्तब्ध बनेको छ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा आज भएको खेलमा नवप्रवेशी सातदोबाटो युथ क्लबसँग २–१ गोल अन्तरले पराजित हुँदै मनाङ स्तब्ध बनेको हो । 

सातदोबाटोका लागि मार्टिन एडिल्फे सिलो नाङ्गा र मार्टिन्स अजयीले एक–एक गोल गरेका थिए भने मनाङका आफिज ओलावाले ओलादिपोले एक गोल फर्काएका थिए । 

यो हारसँगै मनाङको उपाधि होड कमजोर बनेको छ । मनाङ ९ खेलबाट १९ अंकका साथ दोस्रो स्थानमा यथावत छ । ९ खेलबाट १२ अंक जोडेको सातदोबाटो लिगको छैटौँ स्थानमा उक्लिएको छ । ८ खेलबाट २० अंक जोडेको मछिन्द्र क्लब शीर्ष स्थानमा छ ।

यसअघि आजै भएको पहिलो खेलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले दोस्रो जित निकालेको छ । हिमालयन शेर्पा क्लबलाई १–० गोलले पराजित गर्दै एपीएफले दोस्रो जित निकालेको हो । 

एपीएफलाई जित दिलाउन आभास लामिछानेले निर्णायक गोल गरेका थिए । यो जितसँगै एपीएफले ९ खेलबाट १० अंक जोडेको छ । ११ अंक भएको हिमालयन छैटौँ स्थानमा छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै