भारतले नेपालको लिपुलेकमा सडक निमार्ण गर्नु आपत्तिजनकः कांग्रेस

काठमाडौंः सत्तारुढ दल  नेपाली कांग्रेसले भारतले नेपालको लिपुलेक क्षेत्रमा सडक निर्माण आपत्तिजनक भएको बताएको छ ।

कांग्रेसले सीमासम्बन्धी प्रश्नको समाधान ऐतिहासिक तथ्यका आधारमा कुटनीतिक संवाद मार्फत गर्दै नेपाल सरकारले तत्काल लिपुलेक,लिम्पियाधुरा र कालापानीमा आफ्नो भोकाधिकार स्थापित गर्न पहलकदमी लिनुपर्नेमा जोड दिएको छ । 

कांग्रेस महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले शुक्रबार वक्तव्य जारी गर्दै लिपुलेक क्षेत्रमा भारत सरकारले सडक बनाइरहेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति पार्टीको ध्यानाकर्षण भएको जनाएका छन् ।

‘नेपाल–भारत संयुक्त आयोगमा दुई देश बीचको सबै प्रश्नमा कुटनैतिक सम्वादबाट समाधानमा पुग्ने गरी भएको सहमति विपरीत लिपुलेकमा सडक निर्माण भनेर आएको विषय गम्भीर छ, आपत्तिजनक छ र अविलम्ब यो रोकिनुपर्छ ।’,कांग्रेसका महामन्त्रीद्वयको वक्तव्यमा भनिएको छ । 

यस्तो छ, महामन्त्रीद्वय थापा र शर्माले जारी गरेको वक्तव्य

 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै