महिला मन्त्रीको पतिलाई 'मन्त्रो' भन्नुस् : मन्त्री श्रेष्ठ

ललितपुर:भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशि श्रेष्ठले शब्दकोकोशमा महिला मन्त्रीका श्रीमानलाई सम्बोधन गर्ने शब्द नभएकामा आपत्ति जनाएकी छिन । उनले   पुरुष मन्त्रीका श्रीमतीलाई मन्त्राणी भन्ने शब्द  शब्दकोशमा भेटिने तर महिला मन्त्रीका पतिलाई सम्बोधन गर्ने शब्द शब्दकोशमा नभेटिएकामा आपत्ति जनाएकी हुन । 

श्रेष्ठले पुरुष मन्त्रीको पत्नीलाई मन्त्राणी भन्न मिल्छ , भने महिला मन्त्रीको पतिलाई  ‘मन्त्रो भन्नु पर्ने तर्क गरेकी छन् । साझा प्रकाशनले प्रकाशन गरेको 'संस्कृत–नेपाली शब्दकोश’ सार्वजनिक गर्दै  मन्त्री श्रेष्ठले  ‘नेपाली समाजका  हरेक पक्ष पुरुष दृष्टिकोणबाट निर्माण गरिएको भन्दै आक्रोश समेत पोखेकी थिइन ।  

मन्त्री श्रेष्ठले  शब्दकोशमा समेत महिला मन्त्री हुने  कल्पना  नगरिनु दु:खको कुरा भएको बताइन  । उनले भनिन् -'यहीबाट पनि थाहा हुन्छ ,नेपाली समाजको अवस्था । पुरुष मन्त्रीकी पत्नीलाई मन्त्रिणी भन्ने शब्द शब्दकोशमा भेटिने तर महिला मन्त्रीको पतिलाई सम्बोधन गर्न नसकिने अवस्था देखिनु महिला मन्त्री हुँदैनन् भन्नु पनि हो ।"  

मन्त्री श्रेष्ठले समाजको वस्तुस्थितिलाई गहिरो गरी अध्ययन गर्न सक्ने व्यक्तिलाई अनुभवी मान्नु पर्ने बताइन । पटकपटक मन्त्री हुने व्यक्तिलाई अनुभवी मान्ने प्रवृत्ति गलत भएको उनको तर्क थियो । 

'संस्कृत–नेपाली शब्दकोश'प्रा.नीलमणि ढुङ्गानाले  तयार पारेका हुन  । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै