ए डिभिजन लिगमा आज फ्रेन्ड्स र आर्मी तथा थ्रीस्टार र संकटा भिड्ने

काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको नवौँ चरणमा आज फ्रेन्ड्स क्लब र त्रिभुवन आर्मी क्लब तथा थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा फ्रेन्ड्स र त्रिभुवनबीच प्रतिस्पर्धा हुनेछ ।

ad

फ्रेन्ड्सले जारी लिगमा जित निकाल्न सकेको छैन । ८ खेलबाट ३ अंक जोडेको फ्रेन्ड्स पुछारमा छ । फ्रेन्ड्स आजको खेल जित्दै तालिकामा सुधार ल्याउने लक्ष्यमा रहँदा ८ खेलबाट १४ अंक जोडेर चौथो स्थानमा रहेको आर्मी तेस्रो स्थानमा उक्लन चाहन्छ । 

यस्तै आज अपराह्न पौने ५ बजे हुने खेलमा थ्रीस्टार र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ । 

थ्रीस्टार ८ खेलबाट १३ अंकका साथ लिगको पाँचौँ स्थानमा छ भने १४ अंक भएको संकटा तेस्रो स्थानमा छ ।
 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै