काठमाडौँ : सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज ब्रिगेड ब्वाइज र मछिन्द्र क्लब तथ नेपाल पुलिस र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
काठमाडौँको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १ बजे सुरु हुने पहिलो खेलमा ब्रिगेड ब्वाइज र मछिन्द्र क्लब आमने सामने हुनेछन् ।
आजको खेलमा जित निकाल्दै मछिन्द्र शीर्ष स्थानको अग्रतालाई फराकिलो बनाउने योजनामा रहेको छ भने ब्रिगेड अंक तालिकामा सुधार ल्याउने प्रयासमा हुनेछ ।
जारी लिगमा ब्रिगेड ८ खेलबाट ६ अंकका साथ १२औँ स्थानमा छ भने समान खेल खेलेको मछिन्द्र २० अंक जोडेर शीर्ष स्थानमा छ ।
यस्तै आजै अपराह्न पौने ५ बजे हुने खेलमा नेपाल पुलिस क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुने छ ।
दुबै टोली आजको खेलमा जित निकाल्दै अंक तालिकामा सुधार ल्याउने योजनामा हुनेछन् ।
जारी लिगमा पुलिस ८ खेलबाट ७ अंकका साथ ११औँ स्थानमा छ भने ५ अंक जोडेको च्यासल १३औँ स्थानमा छ ।
प्रतिक्रिया थप्नुहोस्