काठमाडौँ : अस्पतालमा बुझाउन जम्मा ६ सय रुपैयाँ नभएर निजामती कर्मचारी ( सिभिल )अस्पतालले पत्रकार एलबी विश्वकर्माको उपचार नगरेको कारण निधन भएको विषयमा प्रेस काउन्सिल नेपालले अस्पतालसँग सोधपुछ गरेको छ ।
प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत , सदस्य ठाकुर बेल्बासे र प्रमुख प्रशासकीय अधिकृति झबिन्द्र भुसाल लगायतको टोलीले शुक्रबार अस्पताल प्रशासन पुगी अस्पतालले गरेको लापरबाहीको सम्बन्धमा छानबिन माग गरेको छ ।
घटनाको सम्बन्धमा छानबिन गरेर दोषीउपर कारबाही नगर्ने हो, भने प्रेस काउन्सिल नेपालले कडा कदम चाल्नु पर्ने चेतावेनी समेत टोलीले दिएको छ ।
अस्पतालको चरम लापरबाहीकारण पत्रकार विश्वकर्माको निधन भएको भन्ने पीडित परिवारले दावी गरेको कारण सत्यतथ्य जानकारी गराउन अस्पतालसंग टोलीले माग गरेको छ ।
साथै अध्यक्ष बस्नेतले पत्रकार एलबीको मृत्युमा अस्पतालको लापरबाहीबारे गम्भीर प्रश्न उठेको भन्दै तत्काल छानबिन समिति गठन गर्न सिभिल अस्पताल प्रशासनसँग माग गरे ।उनले भने -'यो समान्य घटना होइन । यसलाई अस्पतालले नजरअन्दाज नगरोस् । '
अस्पतालका मेडिकल निर्देशक अनुजजंग रायमाझीले घटना बारे आन्तरिक छलफल गरेर अगाडि बढ्ने बताए । अछामको रामारोशन गाउँपालिका वडा नं। ५ स्थायी घर भएका २६ वर्षीय पत्रकार एलबी विश्वकर्मा काठमाडौंमा बसी सक्रिय पत्रकारिता गरिरहेका थिए।
‘
प्रतिक्रिया थप्नुहोस्