काठमाडौँ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई पदमुक्त गर्न माग गरेका छन् ।
आज विहान सामाजिक सञ्जालमार्फत महामन्त्री शर्माले हिंसा भड्काउने अभिव्यक्ति दिएकाले पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीले पद मुक्त गर्नुपर्ने सुझाव दिएका हुन् ।
महामन्त्री शर्माले मन्त्रीको गैह्र जिम्मेवार अभिव्यक्तिको उपचार भन्दै तीन विकल्प प्रस्तुत गरेका छन् । उनले तीन विकल्पमा स्वयं व्यक्तिद्वारा भुल स्वीकार र क्षमा याचना, सम्बन्धित दलद्वारा पहलकदमी र राजीनामा तथा पदीय मर्यादा विपरीत अभिव्यक्ति ठहर गर्दै प्रधानमन्त्रीद्वारा पदमुक्त रहेका छन् ।
महामन्त्री शर्माले हिंसा भड्काउने खालका अभिव्यक्ति जोसुकैबाट भएपनि स्वीकार्य नहुने भन्दै राज्यको जिम्मेवारीमा बस्ने व्यक्तिको अभिव्यक्ति र व्यवहार तुलनात्मक रूपले बढी र जिम्मेवारी हुनुपर्ने समेत उल्लेख गरेका छन् ।
गत बुधबार रौतहटको सदरमुकाम गौरमा आयोजित सार्वजनिक कार्यक्रममा मन्त्री यादवले विगतको गौर घटना सम्झाउँदै जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको ज्यान लिने धम्की दिएकी थिइन् ।
प्रतिक्रिया थप्नुहोस्