रोशन श्रेष्ठ
म भ्रममा थिएँ
अंग्रेजीमा प्लस टू ताका
'द सिक्स मिलिअन डल्लर म्यान'
'द म्याजिक अफ वोर्ड्स'मा पढ्दा
हारोल्ड जे. मोरोवित्ज़ले भनेझैँ
साच्चिकै महँगो जिनिस पो रैछ त मान्छे
कमसल छैन है मानव !
तर मानवता उस्तै छ कि के ?
सस्तो महँगो के छ ?
त्यो चाहिँ ज्ञान भएन
ज्ञान चाहिँ के भयो भने
यस्तो महँगो मान्छे बस्ने दुनियाँ
किमार्थ सस्तो हुन सक्दैन
भएन पनि !
के खाएर सस्तो होस् है ?
दुनियाँ सस्तो छैन भन्ने ज्ञान
सही नै भयो अहिले पनि
खाली गोजी बोकी जाँदा
दुनियाँ कम पर भाग्दैन गाँठे !
खबर हेर्दै गाको
एउटा खबर लेख्ने को खबरले
ट्वाल्ल बनायो
एक हजार नभएर
ज्यान गयो भने
समयले बताउला
के हो वास्तविकता !
एउटा प्रतिनिधि घटना हो यो
एउटा प्रतिनिधि पात्र हो यो
सुनाउने कहानी र समाचार लेख्ने हातहरु
आफै समाचार बन्नु अघि
लेखेको अन्तिम समाचार कस्तो थियो होला है ?
नहुँदा एक हजार
एक अरब तुल्य हो
त्यस्ता पैसा लाग्ने उपचार
उसको अधिकार पनि हो नी
तर यहाँ अधिकार को के पो कुरा र ?
यसरी नै उपचार नपाएर
उपचार गराउने रुपैया नभएर
कति आत्मा धिक्कार्दै होलान
जीवित रहनुको
अजिव आवश्यकता ?
अब हरेक नेपालीलाई
सिक्स मिल्लिअन डल्लर म्यान निबन्ध पढ़ाम
शरीर साह्रै महँगो छ
एक दुईटा पूर्जा
मिलाएर बेच्न पाउने हो भने
मान्छे बाँच्थे होला है
एक दुईटा अंग कम भिरेर !
मर्नु भन्दा बरु बहुलाउन निको भनी !
फारम भराउ
तपाई बाच्न
के के बेच्ने
स्वीकृति दिनुहुन्छ भनी !
प्रतिक्रिया थप्नुहोस्