काठमाडौंः राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वअध्यक्ष कमल थापाले ‘काम्लो उडेर घ्यू खाने’ प्रवृत्ति नेपाली राजनीतिका किटाणु भएको बताएका छन्।
आज सामाजिक सञ्जालमार्फत उनले पार्टीका नेता तथा कार्यकर्ताहरुले भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने तर व्यवहारमा त्यसको ठिक उल्टो काम गर्ने गरेको आरोप लगाउँदै भनेका छन्, ‘भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने,व्यवहार ठिक उल्टो गर्ने तथा भ्रष्टाचारको चर्को बिरोध गर्ने तर ‘काम्लो उडेर घ्यू खानेु प्रवृत्ति नेपाली राजनीतिका किटाणु हुन्।’
थापाले त्यस्ता पाखण्डीहरुलाई सम्मान गर्नु र बारम्बार जिताईरहनु नेपाली समाज र आमजनताको कमजोरी भएको दाबी गरेका छन् ।
भाषणमा आदर्श र क्रान्तिकारी कुरा गर्ने,व्यवहार ठिक उल्टो गर्ने तथा भ्रष्टाचारको चर्को बिरोध गर्ने तर 'काम्लो उडेर घ्यू...
Posted by Kamal Thapa on Sunday, January 23, 2022
प्रतिक्रिया थप्नुहोस्