जसपा नेताद्वय यादव र डा.भट्टराईको भविश्य अशोक राईको हातमा

काठमाडौ : जनता समाजवादी पार्टी नेपालका नेता अशोक राई अहिले पार्टी भित्र एकाएक चर्चामा छन् । हेकी समय देखि शान्त र गुमनाम जस्तै देखिएक उनी यतिबेला उनी पार्टीमा तानातानमा पनि परेका छन् ।  पार्टीमा अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई पक्षबीच नेतृत्वको टकराव परेपछि राईको साथ दुवै नेताले खोजेका छन् । राईले समर्थन गरेमा बलियो हुने परिस्थिति निर्माण भएका कारण यादव र भट्टराई दुवैले राइलई आफ्नोे पक्षमा ल्याउन कसररत गरिरहेका छन् । 

राष्ट्रियसभा निर्वाचन सम्म  यादव र भट्टराई शान्त देखिए पनि त्यस पछि पार्टीमा नेर्तत्वका कारण ठूलै भूँचालो जाने विश्लेषकहरु अनुमान गर्दैछन् ।   राष्ट्रियसभा निर्वाचन सकिए लगतै दुवै पक्षले पार्टीमा आआफ्नो दाबी प्रस्तुत गर्ने बताइएको छ । 

ad

पार्टीमा शक्ति मानिने कार्यकारिणी समिति र संसदीय दलभएको हुँदा दुवै नेताहरुबीच कडा संघर्ष देखिने अनुमान लगाउन सकिन्छ । हालसम्म संसदीय दल र कार्यकारिणी समितिमा अध्यक्ष उपेन्द्र यादव बहुमतमा देखिन्छ ।  

त्यस्तै ३५ सदस्यीय कार्यकारिणी समितिमा पनि डा.भट्टराई पक्षका नौजना मात्र छन् । त्यसैले भट्टराई यतिबेला यादव पक्षका केही नेतालाई आफ्नो पक्षमा तान्ने प्रयासमा रहेका छन् ।

यदव निकट  कार्यकारिणी सदस्य महेन्द्रराय यादव, रामनरेश राय यादव, रमेश यादव र इस्तियाक राइलाई  भट्टराईले आफ्नो  पक्षमा ल्याइसकेका छन् छन् ।  यसले भट्टराईलाई सहज हुने देखिए पनि बहुमत भने पुग्ने छैन ।

उता जसपाका वरिष्ठ नेता अशोक राईसँग ६ जना छन् ।तटस्थ देखिएका राईलाई आफ्नो पक्षमा पार्न यसबेला यादव र भट्टराईको दौडधुप चलेको छ । 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै