काठमाडौंः राष्ट्रियसभा निर्वाचन अन्तर्गत प्रदेश १ मा सत्ता गठबन्धनका उम्मेदवार गोपाल बस्नेत विजयी भएका छन् ।
कांग्रेसको तर्फबाट उम्मेदवार बनेका बस्नेत गोलाप्रथाबाट विजयी भएका हुन् ।
उनले एमालेका उम्मेदवार गुरु बराललाई गोलाप्रथाबाट हराएका हुन् ।
बस्नेत र नेकपा एमालेका उम्मेदवार गुरु बरालको बराबर ४,४८८ मत आएपछि गोलाप्रथा भएको थियो । जसमा बस्नेतले राष्ट्रियसभा सदस्यको चिठ्ठा हात पारेका हुन्।
राष्ट्रियसभा निर्वाचनसम्बन्धी ऐन २०७५ को दफा ५८ मा बराबर मत आएमा गोलाप्रथाबाट विजेता घोषणा गर्ने उल्लेख छ ।
अन्य प्रदेशमा सत्तारुढ गठबन्धनको जित सुनिश्चित जस्तै भएपनि प्रदेश १ मा कडा प्रतिस्पर्धा थियो । प्रमुख विपक्षी नेकपा एमालेले राप्रपासँग गठबन्धन गर्ने प्रयास पनि गरेको थियो, तर सफल भएन ।
प्रतिक्रिया थप्नुहोस्