मन्त्री झाँक्रीद्वारा पत्रकार विश्वकर्माको परिवारलाई ३२ हजार सहयोग

काठमाडौंः  शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले गत बिहीबार निधन भएका पत्रकार लालबहादुर विश्वकर्मा (एलबी) को परिवारलाई रु ३२ हजार सहयोग गरेकी छन् । 

अछामको ग्रामीण क्षेत्रबाट आएर क्रियाशील पत्रकारिता गरिरहेका विकले थोरै पैसाको अभावमा ज्यान गुमाएको समाचार सार्वजनिक भएपछि मन्त्री झाँक्रीले आफ्नो तलबको आधा रकम उपलब्ध गराएकी हुन् ।

ad

मन्त्री झाँक्रीले मृतक विकको श्रीमतीको अछाममा रहेको नवील बैँकको खातामा रकम ट्रान्सफर गरिदिएको उनको सचिवालयले जनाएको छ। 

अस्पतालको लापरवाही र आर्थिक अभावकै कारण पत्रकार विकको मृत्यु भएको विषयमा सम्बन्धित निकायले सत्यतथ्य बाहिर ल्याउन पहल गर्नुपर्ने विश्वास व्यक्त गर्दै मन्त्री झाँक्रीले विकप्रति श्रद्धाञ्जली तथा परिवारमा समवेदना व्यक्त गरेको सचिवालयले जनाएको छ । े

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै