काठमाडौंः मधेश प्रदेशबाट राष्ट्रियसभा सदस्यको निर्वाचनमा अन्य समूहतर्फबाट सत्तारूढ गठबन्धनका उम्मेदवार विजयी भएका छन् ।
गठबन्धनको तर्फबाट मोहम्मद खालिद सिद्दिकी ६ हजार ६७८ मतसहित विजयी भएका हुन् । सिद्दिकीले प्रदेशसभातर्फ ७५ र स्थानीय तहतर्फ १७१ मत हासिल गरे।
उनका प्रतिस्पर्धी उस्मान अन्सारीले २ हजार ७६६ मत प्राप्त गरे। अन्सारीले प्रदेशसभातर्फ २५ र स्थानीय तहतर्फ ८७ मत हासिल गरे ।
प्रदेशसभातर्फ प्रतिमतको ४८ मतभार र स्थानीय तहतर्फ प्रतिमतको १८ मतभार रहने व्यवस्था छ ।
निर्वाचन कार्यालयका अनुसार यो समूहतर्फ २ प्रदेशसभा सदस्यसहित ८ मत बदर भएको छ।
प्रतिक्रिया थप्नुहोस्