राष्ट्रियसभा निर्वाचन जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोजः महासचिव पोखरेल

प्रचण्ड र माधवले दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरे

काठमाडौंः नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने षडयन्त्रको अन्तिम भोज बनेको आरोप लगाएका छन् । 

आज सम्पन्न राष्ट्रियसभा सदस्यको निर्वाचको मतपरिणाम सार्वजनिक भएसँगै उनले सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् । 

ad

राष्ट्रियसभा निर्वाचनमा १८ स्थानमा पाँच दलिय गठवन्धनका उम्मेद्वार विजयी भएका छन् भने प्रदेश १ मा अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक कोटाका एमालेका उम्मेदवार सोनाम गेल्जेन शेर्पा विजयी भएका छन ।

एमाले एक सिटमा मात्रै विजयी भएपछि उनले गठबन्धप्रति आक्रोश व्यक्त गरेका हुन् । उनले वहुमतको वामपंथी सरकार ढालेर कांग्रेसलाई सरकारको नेतृत्व सुम्पेको प्रचण्ड र माधव नेपालहरुले यस चुनावमा आफ्नो दलिय हैसियत भन्दा अतिरिक्त लाभ हासिल गरेको बताएका छन् । 

यस निर्वाचनमा नेकपा (एमाले) का अधिकांश उम्मेद्वारले आफ्नो दलिय भोटभन्दा वढिमत प्राप्त गर्न सफल भएपछि पाँच दलिय गठवन्धनका उम्मेद्वारले गठवन्धनको मतभारभन्दा कम मत प्राप्त गरे उनको भनाइ छ । 

स्थानिय तहका जनप्रतिनिधिहरुको अतिरिक्त भोट नेकपा (एमाले) का उम्मेद्वारलाई प्राप्त भएको दाबी गर्दै महासचिव पोखरेलले  यसवाट स्थानिय तहलाई कमजोर बनाउने गठवन्धनको प्रयासप्रति सत्तापक्षका जनप्रतिनिधिको असन्तुष्टि प्रकट हुन खोजेको उल्लेख गरेका छन् ।

‘पाँच दलिय गठवन्धनको मोर्चावन्दीका बीचवाट प्रदेश १ मा नेकपा (एमाले) का एकजना उमेद्वारले विजय हासिल गरेका छन् । एकजना वरावरी मत आएर गोलावाट पराजित भएका छन् ।', उनले भनेका छन् ।

यो निर्वाचनपछि पनि राष्ट्रिय सभामा नेकपा (एमाले) पहिलो दलको हैसियतमा कायम रहेको भन्दै उनले यो निर्वाचनले अबको सबै निर्वाचनमा एमाले थप सुदृढ हुने स्पष्ट पारेको बताए । 

‘अब हुने सबै निर्वाचन प्रत्यक्षहुने भएकोले गठवन्धन कमजोर हुने र नेकपा (एमाले) थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ।., उनले लेखेका छन् । 

महासचिव  पोखरेलले आज भएको राष्ट्रियसभा सदस्य निर्वाचनमा एमालेका उम्मेद्वारका पक्षमा मतदान गर्ने सबै जनप्रतिनिधिहरुलाई धन्यवाद समेत दिएका छन् । 

 

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिक्रिया थप्नुहोस्

भर्खरैका समाचार | Latest News

सबै

धेरैपटक हेरिएको |Most Read

सबै